यो गीत ‘गंगनम स्टाइल’काे रेकर्ड तोड्ने (हेर्नुस भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ चैत २६ गते मंगलवार काठमाडौं

 

विश्वभर नै चर्चित बनेको कोरियन गीत ‘गंगनम स्टाइल’को रेकर्ड अर्को गीत तोडेको छ ।

 

सबैभन्दा कम समयमा युट्युबमा सर्वाधिक हेरिने गीत बनेको ‘गंगनम स्टाइल’ गीतको रेकर्ड अर्को कोरियाली गीत तोडेको छ । दक्षिण कोरियाली पप ब्याण्ड ‘ब्ल्याकपिंक’ छोटो समया युट्युबमा सबैभन्दा छोटो समयमा १० करोड भ्यूज पाउने ब्याण्ड बनेको छ ।

 

 

यो ब्याण्डले ‘लेट्स किल दिस लभ’ बोलको गीत आफ्नो युट्युबमार्फत सार्वजनिक गरेका थिए । गीतको बोल अचम्मको भएता पनि यो गीत अहिले युट्युबमा भाइरल बनेको छ । यो गीतले पपस्टार साई र आरियाना ग्रान्देको रेकर्ड पनि तोडेको छ ।

 

के हो ब्ल्याकपिंक ब्याण्ड ?

 

ब्ल्याकपिंक ब्याण्ड २०१६ मा एक महिला ब्याण्डको रुपमा परिचित ब्याण्ड हो । २०१६ मा उनीहरुले ‘स्क्वायर वन’ नामको पहिलो एल्बम सार्वजनिक गरे । उक्त एल्बमलाई कोरियामा एकदमै रुचाइयो । त्यसपछि २०१८ मा उनीहरुले सार्वजनिक गरेको ‘डू–डू–डू–डू’ बोलको गीत दक्षिण कोरियामा सबैभन्दा धेरै हेरिने गीत बनेको थियो । यो ब्याण्डमा ४ महिला सदस्य छन् ।

 

हेर्नुस भिडियो :-

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top