जापानले पहिलो चरणमा केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लाने

सिन्धुली साैगात संवाददाता २०७५ चैत २४ गते आइतवार काठमाडौं

 

जापानका रोजगारदाताले पहिलो चरणमा केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छलफल अघि बढाएका छन् ।

 

जापानको रोजगार दुई देशबीच चैत ११ मा श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाइ क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका हुन् ।

 

नेपाल र जापानबीच समझदारीमा विभिन्न १४ क्षोत्रमा नेपाली कामदार माग गर्ने जनाइए पनि नर्सिङ र सफाइ क्षेत्रमा नेपाली कामदार लैजाने सम्बन्धमा छलफल सुरु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

 

जापानमा वृद्धवृद्धा तथा अशक्त नागरिकको स्याहारसुसारका लागि जनशक्तिको बढ्दो अभाव रहेका कारण यस क्षेत्रमा काम गर्न सक्ने नेपाली युवा खोज्दै जापानी रोजगारदाता नेपाल आउन थालेको छन् ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top