‘टोर्नाडो’ को नेपाली नाम खोजिँदै

पत्रपत्रिकाबाट २०७५ चैत २४ गते आइतवार काठमाडौं

 

नेपालको बारा, पर्सामा आएको ‘टार्नाडो’ नेपाली नाम राख्न विज्ञहरु बहसमा जुटेका छन् । भुमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण र स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको हो ।

 

सोहीअनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरु नामकरणमा जुटेका हुन् ।

 

वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भन्नुभयो, ‘बारा पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ । ’

 

सेन्टिनिअल रिजोलुसनमा खिचेको तस्बिरको अध्ययनपश्चात नेपालमा र्टार्नाडो आएको पुष्टि मौसमविद्ले गरेको थिए । समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top