झरनाकी छोरी सुहाना अनमोलकी बेहुली बनिन्(फोटो सहित)

सिन्धुली साैगात संवाददाता २०७५ चैत २३ गते शनिवार काठमाडौं

 

 

यतिबेला चलचित्र ए मेरो हजुर को गीतसंगीत र ट्रेलर निकै चर्चामा छ । चलचित्र ए मेरो हजुर ३ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

 

त्यस्तै यतिबेला जताततै चलचित्र ए मेरो हजुर ३ को मात्र चर्चा भैरहेको छ । चलचित्र ए मेरो हजुर ३ मा अनमोल केसी र नव नायिका सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

 

 

ए मेरो हजुर ३ को ट्रेलरमा सुहाना र अनमोललाई विवाहको भेषमा पनि देख्न सकिन्छ । अहिले उनीहरु बेहुला बेहुली बनेको तस्बिरले सामाजिक सञ्जालमा निकै नै चर्चा पाइरहेको छ ।

 

 

चलचित्र ए मेरो हजुर ३ अनमोलको ७ औँ चलचित्र हो । जसमा उनी पहिलो पटक बेहुला पनि बनेका छन् । अनमोल र सुहानाको बेहुला बेहुली बनेको केमेष्ट्रिलाई दर्शकले निकै नै रुचाइरहेका पनि छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top