नेपाल आइडल रवी ओडको गीत सार्वजनिक

सिन्धुली साैगात संवाददाता २०७५ चैत २२ गते शुक्रवार काठमाडौं

 

 

नेपाल आइडल रवी ओडको गीत ‘मिठो बोलीले…’ सार्वजनिक भएको छ। कृष्ण केसीको शब्द रचना रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियो पनि तयार पारिएको छ । भिडियोमा रवि स्वयम् फिचर्ड छन् । रविसँँगै अलिसा राई पनि फिचर्ड छिन् । रवि नेपाल आइडल सिजन–२ का विजेता हुन् । सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे।

 

विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइ हाल्थे। रविको गीत सबैलाई मन पथ्र्याे। उनको गीत सुन्नेहरु भन्थे ‘यो केटो भोलि गएर ठुलो गायक बन्छ।’ घरको आर्थिक अवस्था कमजोर भएकाले रविले धनगढीमा रहेको पश्चिम सेती दोहोरी साँझमा गीत गाउन थाले। दोहोरी साँझको यात्रा ३ महिना मात्रै चल्यो, किनभने पछि दोहोरी साँझ नै बन्द भयो। त्यसपछि उनी मध्य पश्चिमका पहाडी जिल्लाहरुमा विभिन्न प्रस्तुति दिँदै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिए।

 

रविका हजुरबुबा पनि गीत गुन्गुनाउने गर्थे। स्थानीय देउडा गायन गर्थे। गीत गाउने प्रेरणा हजुरबुवाबाट पाएको रवि सुनाउँछन् । हजुरबुबाको प्रेरणाबाट गीत गुनगुनाउन सुरु गरेका रविमा विस्तारै गीत र संगीतको नशा चढ्दै गयो। बिस्तारै रवि भित्रको गायन कलाले निखार पायो। र, उनले नेपाल आइडल बन्न सफल भए ।

 

भिडियो

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top