महंगी हिरोइन साम्राज्ञी (१२ तस्बिर सहित)

सिन्धुली साैगात संवाददाता २०७५ चैत १९ गते मंगलवार काठमाडौं

 

निर्माता तथा निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छिन् । उनले यो चलचित्रका लागि महंगो पारिश्रमिक वुझेको बताइएको छ । नायिका जसिता गुरुङले काम गर्ने चर्चा चलिरहँदा साम्राज्ञीलाई निर्देशक शर्माले फाइनल गरेका छन् ।

 

वुझिएअनुसार, साम्राज्ञीलाई निर्माणपक्षले १६ लाख पारिश्रमिक दिएको छ । यसमा उनले तिर्ने कर समेत सामेल छ । चलचित्रका लागि यसअघि नै नायिका नीता ढुंगाना, कलाकार रविन्द्र झा लगायत फाइनल भैसकेका छन् ।

 

चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजनामा अशोक लागेका छन् ।

 

तस्बिरहरु तल छ

 

 

चलचित्रबाट नायक शर्माले आफ्नै छोरा अंकित शर्मालाई डेब्यू गराउने तयारी समेत गरेका छन् । यसो भएको खण्डमा चलचित्रमा अंकित र साम्राज्ञीको जोडी जम्नेछ । चलचित्र ‘जय भोले’का लागि पनि अशोक शर्माले नायिका साम्राज्ञीलाई प्रस्ताव गरेका थिए । तर, साम्राज्ञीले चलचित्रमा काम गरिनन् ।

 

नायिका शाहको बोल्ड शैलीले पनि दर्शकलाई आकर्षित गरेको छ । साम्राज्ञी चलचित्रको पर्दामा चिसो होस् या गर्मी मौसम किन नहोस्, निकै बोल्ड बन्छिन् । सायद, यहि भएर पनि होला उनको फिगर र बोल्ड शैलीले दर्शकलाई आकषिर्त गरेको छ ।

 

केहि चलचित्रमा काम गर्दा नै स्टारडमको एउटा उचाइमा पुग्न थालेकी यी नायिका र जाडोविच गज्जबकै कनेक्शन छ । यो कनेक्शन स्वयंम आज नायिकाले नै खुलासा गरेकी छिन् । साम्राज्ञी अभिनित चलचित्र ‘तिमीसँग’को शिर्ष गीत आज रिलिज भएको छ । सो गीतको छायांकन पनि चिसो मौसममा गरिएको थियो । साम्राज्ञीले भनिन्(‘चिसो जति सबै मेरै भागमा पर्ने रहेछ । यसमा पनि काम गर्दा चिसोले खुबै सतायो ।’

 

साम्राज्ञीले यसअगाडि काम गरेको चलचित्र ‘ए मेरो हजुर २’मा पनि चिसोले उनलाई हैरानी बनाएको थियो । यो चलचित्रको एउटा गीतको छायांकन तिलिचो तालमा गरिएको थियो । जहाँ, साम्राज्ञीलाई चिसोले निकै सताएको थियो ।

 

पहिलो चलचित्र ‘ड्रिम्स’को एउटा गीतमा पनि साम्राज्ञी बोल्ड देखिएकी छिन् । साम्राज्ञी जतिसुकै चिसो मौसममा पनि बोल्ड पहिरन लगाउन खप्पिस छिन् । सायद, उनी र जाडोविच गजबकै कनेक्शन हुनुपर्छ ।

नायिका शाह चलचित्र क्षेत्रमा नम्बर १ बन्ने दौडमा छिन् । सुन्दरता, अभिनय, स्टाइल सबै कारणले गर्दा चलचित्र क्षेत्रमा चर्चामा रहेकी नायिकालाई दर्शकले पनि रुचाएका छन् ।

 

हुनत, कहिलेकाही विवादमा फसेतापनि साम्राज्ञीलाई दर्शकले निरन्तर चलचित्रमा माया देखाएका छन् ।

 

 

साम्राज्ञीको चलचित्र क्षेत्रमा प्रतिस्पर्धा कोसँग होला ? साम्राज्ञी भन्छिन्‘मेरो प्रतिस्पर्धी म नै हुँ ।’ उनले, आफ्नो अन्य नायिकासँग प्रतिस्पर्धा नभएको स्पष्ट पारिन् ।

 

गर्मी मौसम लागेपछि छोटो लूगा लगाउन पाइने, व्यायम पनि गर्न पाइने भएकाले आफूलाई मन पर्ने उनको भनाई छ ।

 

नायिका शाहको ट्याटु प्रकरण पुरानो भइसकेको छ । अहिले उनलाई कसैले यो प्रसंग कोट्यायो भने झनक्क रिसाइहाल्छन् ।

 

 

फिलिपिन्समा फिल्म ‘कायरा’ को सुटिङमा रहँदा उनको वक्षस्थलमुनिको ट्याटु सार्वजनिक भएको थियो । के त्यो ट्याटु चलचित्रकै लागि थियो ? यति सोध्दा नै साम्राज्ञी रिसाइन् । उनले भनिन्(‘मलाई यस्तै कुराले रिस उठ्छ । जसलाई पनि रिस उठ्छ ।’

 

नायक आर्यन सिग्देलले गर्धनमा ट्याटु खोप्दा साम्राज्ञीले वक्षस्थलमुनि ट्याटु खोपेकी थिइन् । आर्यनले त्यो ट्याटु चलचित्रकै लागि थियो या थिएन भन्ने चलचित्र हेरेपछि मात्र थाहा हुने बताए । तर, साम्राज्ञीले भनिन्(‘मैले कहिले भने त्यो ट्याटु चलचित्रको लागि थियो भनेँ ? तपाईंहरु यस्तै कुरा पत्याउनुुहुन्छ अनि ।’

 

साम्राज्ञीले चलचित्रका लागि नभएर व्यक्तिगत रहरले ट्याटु खापेको प्रष्टीकरण आर्यनले दिएका छन् ।

 

कलाकारको एउटा गज्जबको बानी हुन्छ । त्यो के भन्दा, राम्रो समाचार आए मौन बसिदिने, केहि नकारात्मक चर्चा भए सबै दोष मिडियालाई लगाइदिने । तारिफमा मात्र रमाउन खोज्दा धेरै कलाकार नकारात्मक कुरालाई न त पचाउन नै सक्छन् न त माफी माग्ने हिम्मत गर्छन् ।

 

केहि हप्ता अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ट्याटुले नेपाली मिडिया र सामाजिक संजालमा हंगामा नै मच्चायो । साम्राज्ञीलाई ट्याटु काण्डले तनाव दिएको पक्कै थियो । तर, उक्त फोटो सामाजिक संजालबाट भाइरल भएको थियो र पछि मिडियामा समाचार बनेको थियो । एउटा चर्चित कलाकारका सामान्य भन्दा सामान्य बिषय गसिप बन्नु नौलो कुरा होइन ।

 

तर, साम्राज्ञीले ट्याटु काण्डको सम्पूर्ण दोष मिडियालाई नै दिएकी छिन् । काठमाण्डौमा उनी अभिनित चलचित्र ‘तिमी सँग’को ट्रेलर रिलिज कार्यक्रममा यो बिषय पनि उठ्यो । जसमा साम्राज्ञी निकै आक्रोशित देखिइन् । उनले भनिन्–‘मिडियाले सहि खबर थाहा नपाई समाचार बनाउनुभयो । तपाइहरुले नवुझी खबर बनाउनुभयो, पछि सो ट्याटु लिक गर्ने कलाकारले लेखेपछि मात्र धेरैले वास्तविकता थाहा पाउनुभयो । यो नचाहँदा नचाहँदै भयो, यसका लागि म माफी माग्न चाहन्छु ।’

 

उनले, तर कतिपय स्थानमा मिडियाले पनि ध्यान दिन आवश्यक रहेको बताउँदै नवुझी समाचार नलेख्न आग्रह गरिन् । उनले ट्याटुको तस्बिर आफूले नराखेको भन्दै आर्टिस्टले राखेको बताइन् । साम्राज्ञी अगाडि आक्रोशित हुँदै भनिन्–‘मैले केहि कुरा बोल्न खोजिरहेको छु, तपाइहरुले सुन्न खोजिरहनु भएको छैन । अब, यसको बारेमा म कुरा गर्न नै चाहदिनँ । तपाइहरु किन यो कुरालाई लम्बाइरहनु भएको छ । अब, चलचित्रको कुरा गरौ न होइन ।’

 

साम्राज्ञीले ट्याटुको तस्बिर आफूले नराखेको भन्दै मिडियाले नवुझी खबर लेखेको बताइन् । तर, साम्राज्ञीको मिडियाप्रतिको यो आक्रोश  अर्थ्हिन थियो । कारण, त्यो तस्बिर खिच्न मिडिया लुकीलुकी पुगेको पनि होइन । तस्बिर सामाजिक संजालमा ट्रोल बन्न थालेपछि मिडियामा खबर आएको थियो । मिडियामा साम्राज्ञीले भयंकर ठूलो गल्ती गरिन्, चर्चाका लागि जे पनि गरिन् भन्ने खबर पनि सार्वजनिक भएको थिएन ।

 

ट्याटु काण्डको बिषयमा मिडियामाथि आक्रोश पोखेकी नायिकाले ‘गाउँले भूमिका गर्दिनँ’ भनेको बिषयमा भने निकै शान्त स्वभावमा जवाफ दिइन् । बरु, साम्राज्ञी यो बिषयमा मिडियामाथि आक्रोशित हुन केहि हदसम्म सुहाउथ्यो । किनकी, यो खबर मिडियाबाट नै सार्वजनिक भएको हो ।

 

 

 

साम्राज्ञीले आफूले कहिल्यै पनि ‘गाउँले भूमिका गर्दिनँ’ नभनेको भन्दै चलचित्र ‘जय भोले’को कथा एकपटक सुनेको बताइन् । कलाकार भैसकेपछि सबै खालको भूमिका गर्न तयार हुनुपर्ने उनको भनाई थियो । साम्राज्ञी २ वटा चलचित्र रिलिज भैसक्दा नै स्टारको ट्याग भिर्न सफल छिन् । यसको पछाडि, मिडियाको ठूलो हात छ । तर, सार्वजनिक भएको तस्बिरलाई समाचार बनाएकै भरमा मिडियाको गल्ती देख्ने साम्राज्ञीको आक्रोश भने अर्थ्हिन छ ।

 

फोटो हेर्ने तरिकाः एक पटक फोटोमा क्लिक गर्नुहोस् अनि मोबाइल दाइने कोल्टे गर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

samragyee-7

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top