१ बोतल परफ्युमकै मूल्य साढे १४ करोड !

सिन्धुली साैगात संवाददाता २०७५ चैत १९ गते मंगलवार काठमाडौं

 

एक बोत्तल परफ्युमकै मूल्य साढे १४ करोड भन्दा जो कोहीको पनि होस् हवास उड्छ । तर यो सत्य हो कि इमिराती नामक अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ ।

 

यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ ।

 

यति महँगो परफ्युम तीन वर्षको अनुसन्धान र ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको कम्पनीले दावी गरेको छ ।

 

यो इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार पाँच सय ७१ हिरा, ३८.५५ क्यारेटको मोती, १८ क्यारेटको २.५ किलो सुन र ५.९ किलो खसली चाँदीबाट सजाइएको छ । यो बोतल छालाको सोफामा झन्डै २ मिटरको उचाई रहेको छ ।

 

यसका सर्जक विलासी अत्तरको बा्रन्ड नाबिलको अंशका रुपमा रहेको ‘द स्पिरिट अफ दुबईले बोतल जनावरको चित्रबाट सजाइएको र यसमा अत्तरका अंशहरु रहेको जनाइएको छ । यसले दुबईको कथा बताउने पनि यसका सर्जकले बताएका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top