२०७५ साल चैत १ गते शुक्रबारको राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७५ फागुन ३० गते बिहीवार सिन्धुली

 

वि.सं. २०७५ साल चैत १ गते। शुक्रबार। इश्वी सन् २०१९ मार्च १५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ । फाल्गुण शुक्लपक्ष। तिथि– नवमी, २१:१० बजेउप्रान्त दशमी। नक्षत्र– आर्द्रा, २३:३९ बजेउप्रान्त पुनर्वशु। योग– आयुष्मान्, ६:३५ बजेदेखि सौभाग्य, २७:५७ बजेउप्रान्त शोभन। करण– वालव, १०:०४ बजेदेखि कौलव, २१:१० बजेउप्रान्त तैतिल। आनन्दादिमा पद्म योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४८ पला। चैत्र संक्रान्ति।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- दाजुभाई तथा छिमेकीसँग मनमुटाब बढ्ने ग्रहयोग रहेकोछ ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय लगानि गरेपनि आम्दानि न्युन हुनेछ । बिवाद तथा हुलमुलमा सामेल नहुनुनै राम्रो रहेकोछ । अदालती निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बाधा अवरोधको सामना गर्नुपर्नेछ । प्रेममा प्रशङगमा मनमुटाब सिर्जना हुने योग रहेकोछ । आट तथा शाहस गर्न नसक्दा हातमा आईसकेको काम नआउँन सक्छ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापारमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाईनेछ । ज्ञान कला तथा सहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाईलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउँन चाहानेहरुका लागि समय उत्तम रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिदेशी लगानिबाट सञ्चालित सस्थामा नोकरि पाउँने योग रहेकोछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सुखद समाचारले आजको दिन शुखद बित्नेछ । सहपाठी तथा प्रतिष्पर्धिहरुलाई उछिन्दै बिषेश अवसरमा सहभागि हुने अवसर जुर्नेछ भने मेहनेतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारि तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । राजनितिकर्मिहरुका लागि समय मध्ययम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेकोछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- भाग्यले साथ दिने हुनाले सानो लगानि तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजिमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित बिषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । बिशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउँनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समय मध्ययम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिदा उपलब्धिमुलक कामहरु गुम्नसक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरु सँग मनमुटाब सिर्जना हुनेछ । ऋण,रोग तथा संकटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि प्रयन्त गर्दा नसोचेको धन तथा सम्पति प्राप्त हुने ग्रहयोग रहेकोछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सि तथा बिलाशि बस्तुको व्यापारबाट मनग्गे आम्दानि हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि बढाउँन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । पढाई लेखाईमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । प्रेममा रमाउँने चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा खिन्न हुनेछ । आउँने ठाउँबाट रकम नआउँनाले व्यावसायमा लगानि गर्ने अवसर टरेर जानेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा अग्रजबाट सहयोग नपाईने हुनाले व्यापार व्यवासायमा लगानि गर्न सकिनेछैन । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । जोखिम मोलेर काम नगर्नुनै राम्रो रहनेछ । सरकारि तथा प्रशासनिक कामबाट घाटा हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने तथा धोका हुनेछ । उधारो कारोबार नगुर्ननै राम्रो रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top