विप्लवले शिविरबाट हतियार लगे

पत्रपत्रिकाबाट २०७५ फागुन ३० गते बिहीवार काठमाडौं

 

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन ।

 

उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे । लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूह तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन । “मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं, ” उनले भने “त्यही बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।”

 

उनले विप्लव समूहले अस्थायी शिविरहरुबाट हतियार लैजाने क्रममा आगजनीसमेत गरेको दाबी गरे । नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top