वि.सं. २०७५ साल फागुन ३० गते बिहीबारको राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७५ फागुन २९ गते बुधवार सिन्धुली

 

वि.सं. २०७५ साल फागुन ३० गते बिहीबारको राशिफलवि.सं. २०७५ साल फागुन ३० गते। बिहीबार। इश्वी सन् २०१९ मार्च १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, २२:५४ बजेउप्रान्त नवमी। नक्षत्र– मृगशिरा, २४:४३ बजेउप्रान्त आर्द्रा। योग– प्रीति, ८:५९ बजेउप्रान्त आयुष्मान्। करण– भद्रा, ११:३८ बजेदेखि वव, २२:५४ बजेउप्रान्त वालव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– वृष, १३:०७ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४४ पला। अष्टमी व्रत। गोरखकाली पूजा। होलिकारम्भ। चीरोत्थान गर्ने दिवस -चीरस्वाय। फाल्गुण मसान्त।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- बिहानको समय राम्रो रहेकोले आफ्नो बिचारले धेरैको मन आकर्षित गर्न सकिनेछ । समाजमा प्रशंसकहरु बढ्नेछन् भने मेहनेतले सम्मानित स्थान दिलाउँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुने तथा सहयोगी,आफन्तले साथ दिनेछन् । पारिवारिक माहोलमा समय बित्ने हुँदा मन खुसि हुनेछ । साझपख समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । आट गर्न नसक्दा हातमै आईसकेको काम अरुकै पोल्टोमा पर्नेछ । सानो कामलाई पनि प्रशस्त समय लाग्ने योग रहेकोछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरि मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानि बढाउँन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबित बिश्वास बढ्नेछ । होटल,रेष्टुरेन्ट तथा बोलेर गर्ने पेशा व्यावसाय फस्टाएर जानेछ । साझपख मिठो भोजनका साथ रमाउँन सकिनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- बिहानको समय मध्ययम रहेकोले व्यावसायमा कम आम्दानि हुने तथा आर्थिक पक्ष दुर्वल देखिन्छ । चोटपटकको भए तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । तापनि लामो दुरिको यात्रा हुनेछ । मध्यान्हबाट छिमेकमा राम्रो काम गर्न सकिने तथा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ कामको प्रश्ताब आउने तथा आम्दानिमा बढोत्तरि हुनेछ । मित्र तथा परिवारका सदस्यहरुले तपाईको काममा समर्थन गर्नेछन् । शरिरमा आट शाहस तथा पराक्रम बढेर जानेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिस सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ति गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेकोछ सजक रहनुहोला । साझपख लामो दुरिको यात्रा हुनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- व्यापारबाट राम्रो आम्दानि हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । नोकरि पाउँने तथा बढुवा हुने योग रहेकोछ । भुमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):- धार्मिक तथा अध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथिभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बडि प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । नयाँ नयाँ कामको प्रश्ताब आउँने तथा आम्दानिमा बृद्धि हुनेछ । पढाईकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अरुको लहैलहैमा नलागी आफ्नो काम गर्नु उत्तम हुनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- नसोचेको धन तथा सम्पति हात लागि हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदिबहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय दिखि गरि आएको काम सकिनेछ । मध्यान्हबाट भाग्य भावमा प्रबेश गर्ने चन्द्रमाले पढाई लेखाईकै सवालमा देश बिदेशको यात्रा हुनेछ । मन्दिर तथा धार्मिक सस्थानको यात्रा गरि धर्म कमाउँन सकिनेछ । दिन दुखिको सेवामा समय खर्च हुने योग रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समय मध्ययम रहेकोले घर परिवारमा आन्तरिक कलह बढ्नेछ । प्रेममा रहेकाहरु टाडै बस्नु उचित हुनेछ । व्यावसायमा लगानि कर्ताहरु बिच मनमुटाब सिर्जना हुने योग रहेकोछ । लामो दुरिको व्यावसायिक यात्रामा बिलम्ब हुनेछ । सवारि साधन तथा अन्य हार्डवयेर सँग सम्बन्धित बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण,रोग तथा सत्रुले सताउँनेछन् । काममा ढिला सुस्ति तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):- कुनै पनि विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाढि बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ति पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरिमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछि लाभहुने काम सुरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्द अग्र स्थानमा तपाईको नाम आउँनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):- बिद्या स्थान तथा प्रतिष्पर्धा भावमा गोरन गर्ने चन्द्रमाले पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ । बुद्धिको प्रयोग गरि अरुलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाईने तथा उनिहरुको प्रगतिमा मन रमाउँनेछ । मनमुटुमा राखेको मानिसबाट उपाहार प्राप्त हुदा तपाईभन्दा खुसि अरु कोहि हुने छैनन् । मध्यान्हबाट विवादमा तथा हुलमुलमा सामेल नहुनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- समाजमा सबैलाई चित्तबुझ्दो काम गरि नाम कमाउँन सकिनेछ । कृषि तथा शहकारि पेशा व्यावसाय गर्नेहरुका लागि समयले साथ दिनेछ । राजनिति कर्मिका लागि आजको दिन उत्तम रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाई तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा शाहस गरि लगानि बढाउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । सकारात्मक सोचको माध्ययमबाट रुढिवादि परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यामबाट अन्धबिश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रि भुमिका रहनेछ । साझपख मेसिनरि सामानको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top