घरमा आगलागी हुंदा ४४ लाखको क्षति

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २९ गते बुधवार सिन्धुली

 

 

तिनपाटन गाँउपालिका वडा नं. ७ भन्झ्याङ्ग भन्ने स्थानमा बुधवार बेलुका चार बजे ५ वटा घर र २ वटा गोठमा अचानक आगलागि हुंदा रु ४३ लाख बराबरीको क्षति भएको छ ।

 

आगलागीबाट स्थानीय ज्ञान बहादुर सार्किको खरले छाएको २ तल्ले कच्चि घर र घरभित्र रहेको अन्नपात,भांडाबर्तन र लत्ता कपडागरी जम्मा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

प्रहरीले जानकारी दिए अनुसार सोही ठाउ बस्ने टिका बहादुर सार्किको १ तल्ले कच्चि घर (किराना पसल रहेको) र नगद रू.२ लाख भांडाबर्तन,लत्ताकपड,किराना पसलमा रहेको सम्पुर्ण सामान लगायत अन्दाजी मुल्य रू.१५ लाख बराबर को क्षति , हित बहादुर श्रेष्ठको जस्ताले छाएको २ वटा २ तल्ले कच्चि घर र २ वटा खरले छाएको गोठ पुर्ण रुपमा जलि नष्ट हुंदा घरमा रहेको २ तोला सुन,१ लाख ७५ हजार नगद,१ वटा बाख्रा २ वटा पाठा र ५ वडा कुखुरा गरी अं.२२ लाख ५० हजार बराबरको क्षति र टेक बहादुर सार्किको खरले छाएको २ तल्ले कच्चि घर र घर भित्र रहेको लत्ता कपडा,अन्नपात,भाडाबर्तन गरि अंन्दाजी रू.२ लाख मुल्य बराबरको क्षति भएको छ ।

 

प्रहरीका अनुसार आगलागीमा मानवीय तथा चौपायमा क्षति भएको छैन । घरमा लागेको आगो प्रहरी र स्थानियले निभाएका थिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top