फोहोर फ्याल्ने थलो बन्दै ग्वाङखोला

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २९ गते बुधवार सिन्धुली

 

सिन्धुलीको ग्वाङ खोलामा फोहोर फ्याल्नेक्रम बढ्दै गएपछि कमलामाई नगरपालिकाले सरसफाईकालागि अभियान चलाउने भएको छ । ग्वाङ खोला सरसफाईकालागि उद्योग वाणिज्य संघ सिन्धुली, होटल व्यवसायी संघ लगायत जिल्लामा रहेका विभिन्न संघसंस्थाले अभियानमा साथ पुर्‍याउने भएका छन् ।

 

 

ग्वाङ खोलाको सरसफाई अभियानकालागि सोमबार स्थलगत अवलोकन गरिएको छ । खोलामा दिनानुदिन फोहोर बढ्दै गएपछि नगरले अभियान चलाएर सरसफाई गर्न लागेको हो । विगतमा पनि ग्वाङ खोलाको सरसफाईकालागि अभियान चलाइएको थियो । उक्त समयमा खोलामा फोहोर फ्याल्नेको संख्या ह्वात्तै घटेको पनि थियो । तर, अभियानले निरन्तरा नपाउँदा ग्वाङ खोलामा फोहोर बढ्दै गएको छ । ग्वाङ खोला छेउछाउमा रहेको बस्तीका लागि खोला फोहार फ्याल्ने स्थान बन्दै गएको छ । अभियान संचालन हुने भएपछि स्थानिय खुशी भएक छन् । कनपा–५ मधुटारका शिव खड्काका अनुसार अभियान संचालन हुनु सकारात्मक रहेको तर निरन्तरामा सधैँ प्रश्न उठ्ने गरेको छ । उनले भने, ‘सरसफाई अभियान तामझामका साथ गरेपनि निरन्तरता दिन सम्बन्धित निकाय गम्भिर हुन सकेको छैन ।’ विगतमा खोला सरसफाईकालागि उल्लेख्य सहभागिता रहदै आएको थियो । फोहोर फ्याल्नेको संख्यामा कमि आएको थियो । त्यसैले पनि स्थानियहरुले अबको सरसफाई अभियानले निरन्तरा पाइराख्नुपर्ने बताएका छन् ।

 

खोला नजिकै पशु पालन लगायत वद्यशाला हुँदा त्यहाँको फोहार सिधै ग्वाङ खोलामा मिसाइने गरेको छ । नगरभित्रका बजार प्रवेश गर्ने सबैजसो मुख्य मुख्य एरिया जहाँ ग्वाङ खोला भएर जानुपर्ने ठाँउ छ , अहिले हेरिनसक्नु भएकाले त्यसलाई तत्कालै सफा गर्नुपर्ने आवाज स्थानीयले पटकपटक उठाएपछि नगरले अब भने उच्च चासोका साथ खोला सरसफाइलाई अभियानकै रूपमा अघि बढाउने योजना बनाउदैछ ।

 

कमलामाइ नगरपालिकाका सूचना अधिकृत सागर कुमार ढकालका अनुसार कारागार देखि अनमि स्कुल रहेको खरखरे एरिया सम्म खोलाको पारम्भिक अबलोकन गरिएको थियो । ग्वाङ्ग खोलालाई पुर्ण रूपमा सफा गर्ने नगरको दीर्घकालिन योजना भए पनि अहिलेलाई धेरैको नजरमा पर्ने कांग्रेस पार्टी कार्यालय अगाडिको ग्वाङ्ग खोला देखि दुई नम्बर पुछारको कारागार एरिया सम्म तत्काल सरसफाइ गर्न लागिएको ढकालले जानकारी दिए । पारी धुरा र माथी ढुङग्रेबाँस बाट ग्वाङ्ग खोला हुदै जिल्ला अदालत तर्फ प्रवेश गर्ने एरियामा बढी फोहोर देखिएको अनुगमन टोलिका एक सहभागीले जानकारी दिए ।

 

त्यसैगरि, स्थानियले ग्वाङ खोला अतिक्रमण बढिरहेको गुनासो पनि गरेका छन् । उनीहरुले खोला नजिकै घर बनाउने लगायत खोलाको जग्गा अतिक्रम गर्नेक्रम बढेको बताएका छन् । स्थानियले खोला अतिक्रमणको गुनासो गर्दा पनि सम्बन्धि निकायले वास्ता गरेका छैनन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top