सवारीका लागि वैकल्पिक उपाय खोज

सम्पादकीय २०७५ फागुन २३ गते बिहीवार सिन्धुली

 

ट्राफिक व्यवस्थापन र सडकको अवस्थाले जाममा परेर आजितभएका नेपाली जनताले अतिविशिष्ट र विशिष्ट पदाधिकारीको सवारीमा सधैँझैँ सास्ती व्यहोर्नु परिरहेको छ ।अतिविशिष्ट र विशिष्ट पदाधिकारीका सुरक्षा सम्बन्धी निर्देशिका २०७० ले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतको राजकीय, औपचारिक, अनौपचारिक भ्रमणका आधारमा सवारी प्रबन्धको व्यवस्था गरेको छ । सोही अनुसार सेना, सशस्त्र र नेपाल प्रहरी मिलेर सवारी व्यवस्थापन गर्दछन् । निर्दे्िशका अनुसार राष्ट्रपतिको सुरक्षा र सवारी दुवैको नेतृत्व नेपाली सेनाले गर्दै आइरहेको छ । निर्दे्िशका अनुसार राष्ट्रपतिको राजकीय भ्रमणमा एक घन्टा अगाडि भ्रमण रुटमा पर्ने सडक दुईतर्फी खाली गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण सर्वसाधारणले दुःखपाउने गरेका छन् । अतिविशिष्ट र विशिष्ट पदाधिकारीको सवारीको विरोध निरन्तर हुदैँ आएको छ । तर पनि सवारीको लागि वैकल्पिक उपाय रोज्न कसैको ध्यानजान सकिरहेको छैन ।

 

 

मंगलबार काठमाडौँमा सवारीको अवेज्ञा गर्दै सर्वसाधरणले ट्राफिक उल्लंघन गरेको घट्नाले पनि देखाउँछ भने सवारीकोलागि वैकल्पिकउपाय नरोजे भविष्यमा यस्ता गतिविधि निरन्तर हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति लगायत अतिविशिष्ट व्यक्तिहरुको सुरक्षा सवालभन्दै सर्वसाधरणलाई घण्टौँ जाममा राख्ने हो भने आगामी दिनमा यस्ता घट्ना पुनःनदोहोरिएलान् भन्न सकिन्न । तसर्थ, सवारीको नाममा सर्वसाधरणलाई दुखदिने प्रवृद्धिलाई अन्त्यगर्दै वैकल्पिकउपाय रोज्न आवश्यक छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top