पाकिस्तान सुपर लिगमा सन्दीपको डेब्यु

सिन्धुली साैगात संवाददाता २०७५ फागुन १० गते शुक्रवार काठमाडौं

 

नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग-पिएसएल क्रिकेटमा डेब्यु गरेका छन्। लाहोर क्वालान्डर्समा आबद्ध सन्दीप अहिले पहिलो खेलमा मुल्तान सुल्तानविरुद्ध खेलिरहेका छन्।

 

पहिला बलिङ गरेको क्वालान्डर्सका लागि सन्दीपले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए। पहिलो ओभरमा १८ रन खर्चिएका सन्दीपले त्यसपछिका लगातार तीन ओभरमा एक एक विकेट हात पारे।

 

मुल्तानले पहिलो विकेटका लागि ११ ओभर ५ बलमा एक सय ३५ रनको साझेदारी गरेको थियो। सन्दीपले जेम्स भिन्सलाई व्यक्तिगत ८४ रनमा आउट गर्दै उक्त साझेदारी तोडेका थिए। सन्दीपले सोएब मलिक र आन्द्रे रस्सेललाई पनि आउट गरे। मुल्तानले १९ ओभरमा चार विकेट गुमाएर एक सय ८० रन जोडेको छ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top