सिभिल बैंक सम्मान बचत खाताः ब्याजसहित बीमा

अन्तरवार्ता २०७५ फागुन १० गते शुक्रवार सिन्धुली

 

समृद्धिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंकले निरन्तर रुपमा मौलिक बैंकिंग सेवाहरु पस्कँदै आइरहेको छ । भर्खरै मात्र बैंकले बजारमा ल्याएको “सिभिल बैंक सम्मान बचत खाता’’ को बारेमा बैंकको सिन्धुली शाखाका शाखा प्रबन्धक मनोज श्रेष्ठसँग गरीएको संक्षिप्त कुराकानीमा आधारित अंशः

 

सिभिल बैंकले हालसालै सम्मान बचत खाता प्रस्तुत गरेको छ, यो कस्तो खालको बचत खाता हो ?

 

सिभिल बैंक सम्मान बचत खाता एक यस्तो बचत खाता हो जसमा बैंकले ब्याजसहित खातावालालाई स–सम्मान निःशुल्क बिना कुनै झन्झट बीमाको सुबिधा थप प्रदान गर्दछ । नेपाल राजपत्र २०७५ द्वारा निर्दिष्ट गरे अनुसार नेपाल गणराज्यभर संचालित कुनै पनि संघ–संस्था वा कम्पनीले आफ्नो कर्मचारी वा मजदूरहरुको तलब÷ज्याला अनिबार्य रुपमा बैंक खाता मार्फत प्रदान गर्नुपर्ने व्यवस्था भएको र हालै नेपाल श्रम ऐन २०७४मा निर्दिष्ट भए बमोजिम संस्थाहरुले आफ्ना कर्मचारी तथा मजदूरहरुको अनिबार्य रुपमा उपचार बीमा तथा जीवन बीमा गराउनुपर्ने व्यवस्था छ । यसको कार्यान्वयनको लागि संस्थाहरुले बीमा कम्पनीहरुलाई निश्चित शुल्क तिरेर यो सुबिधा लिनुपर्ने हुन्छ । यही प्रयोजनका लागि रोजगारदाताले व्योहोर्नुपर्ने सम्पूर्ण वीमा शुल्क खर्च सिभिल बैंक आफैले व्योहोरेर कर्मचारी तथा मजदूरहरुको हितको लागि सम्मान बचत खाता ल्याएको छ । यो खाता कुनै पनि संघ/संस्थाले आफ्नो कर्मचारी तथा मजदूरहरुको तलब, भत्ता तथा अन्य नगद कारोवार सुबिधा प्रदान गर्नका लागि खोल्न सक्छ । यो खाता खोल्दा ६.५०% को उच्च ब्याजदर संगै निःशुल्क एटिएम कार्ड, चेकबुक, मोबाइल बैंकिंग र ब्द्यद्यक् सुबिधासंगै हस्पिटलमा भर्ना भई उपचार गरेको खण्डमा रु एक लाख सम्मको उपचार बीमा तथा रु ७ लाख सम्मको दुर्घटना मृत्यु वा अपाङ्गता बीमा आदि सुविधाहरु पाईन्छ ।

 

भनेपछि सम्मान बचत खाता अन्य बैंकहरु ले पनि बजार मा ल्याइरहेको बीमा सुबिधा भएको खाता जस्तै त रहेछ नि होइन ?

 

अन्य बैंकहरुले दिने बीमा सुबिधा भएको खाताहरु भन्दा हाम्रो सम्मान बचत खाता एकदमै पृथक छ किनभने अन्य बैंकहरुको बीमा सुबिधा भएको खातामा निश्चित रकम राख्नैपर्ने हुन्छ र यदि त्यो निश्चित रकमभन्दा खातामा मौज्दात कम भएमा उक्त बीमा रकम प्राप्त हँुदैन जबकी सम्मान बचत खाता कर्मचारी/मजदूरहरुको लागि बिशेष ध्यान दिएर बनाएको हुँदा शुन्य मौज्दतमै खोल्न मिल्ने यो खातामा बीमा रकम पाउन न्यूनतम मौज्दात राख्नै पर्ने भन्ने वाध्यता छैन । यस कारण पनि यो खाता बिशेष संस्था र कर्मचारी÷मजदूरहरुको लागि एक्दमै उपयुक्त छ । साथै संघ संस्था कम्पनीहरुले आफ्ना कर्मचारीहरुका लागि श्रम ऐन बमोजिम बीमा गर्नुपर्दा जुन खर्च ब्योहोर्नुपर्दथ्यो, त्यो पनि बैंकले नै ब्योहोरिदिन्छ । त्यसैले यसमा सम्पूर्ण तलबी/ज्यालादारी कर्मचारी/मजदूरहरुलाई पनि फाइदा छ, साथै रोजगारदातालाई पनि फाइदा छ ।

 

सम्मान बचत खाताको मार्केट रेस्पोंस कस्तो छ त ?

 

सम्मान बचत खाताको मार्केट रेस्पोंस एकदमै राम्रो छ र धेरै संस्थाहरुले आफ्ना कर्मचारी/मजदूरहरुको खाता खोलिसक्नु भएको छ । संस्थाहरुले श्रम ऐन बमोजिम उपलब्ध गराउनै पर्ने बीमा सुबिधा अब बैंकले नै निःशुल्क प्रदान गर्दा पनि यसको लाभ नलिनेहरु त शायद कमै होलान् ।

 

अन्य थप सुविधाहरु केहि छन् कि सम्मान बचत खातामा ?

 

सम्मान बचत खाता खोलिसकेपछि माथिका सबै सुविधाहरुको अतिरिक्त बचत खातावालाले पाउने अन्य सम्पूर्ण सुविधाहरु प्राप्त गर्न सक्छन् । उदाहरण को लागि सम्मान बचत खातावालाले ओभरड्राफ्ट कार्ड सुबिधा पनि प्राप्त गर्न सक्छन् जस अन्तर्गत खातावालाको मासिक तलब जति छ त्यसको दुई गुणा वा रु दुई लाख मध्ये जुन कम हुन आउँछ, त्यति रकम सम्मको विना धितो ऋण÷कर्जा सुबिधा प्राप्त गर्न सक्छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top