नेपाली समाजमा जिज्ञासाको अभाव

लिला पौडेल २०७५ फागुन ६ गते सोमवार सिन्धुली

 

तीनपाटन गाउँपालिकाको विद्यालयका एक जना शिक्षकलाई सोधेको थिए बैद्धिक आर्य भनेर कसलाई भन्दछन ? ती शिक्षकले यो मेरो विषय अन्र्तगत पर्दैन भनेर पन्छीए । त्यसमा चासो देखाएनन ।

 

एकजना जनजाती अगुवालाई मैले सोधेको थिए कि पूर्वी हिमालका शेर्पा र पश्चिम हिमालका भोटे कसरी भए ? भन्दा उनले आफूलाई यो विषय जानकारी नभएको बताए र उनले बुज्न कोसीस र चासो समेत गरेनन । तीनपाटन २ को भवानी मा.वि.का. कक्षा १० पढ्दै गरेका विद्यार्थीलाई हालको नेपालका प्रधानमन्त्री को हुन थाहा छैन रे !

 

माथि उल्लेखित त प्रतिनिधि उदाहरण हुन नेपाली समाजमा जिज्ञासाको भोक कम लागेको देखिन्छ । सबैलाई ज्ञात भएको कुरा हो की अहिलेको विज्ञान र प्रविधिको उत्पादन उन्नती र प्रगती पश्चिमबाट सुरु भएर विकास भएको मानिन्छ पश्चिमी संस्कृतिको सकारात्मक पाटो भनेको जिज्ञासा हो अनुसन्धान हो त्यसको परिणाम बैज्ञानिक उन्नती हो । यो ब्राह्मण्डको बस्तुगत अध्ययन पश्चिमले गर्‍यो अहिले हामीले अध्ययन गर्दै गरेका विज्ञानको विषय वस्तु पश्चिमाहरुले खोज गरेर प्रमाणित गरिदिएका विषय वस्तु अध्ययन गरि रहेको अवस्था छ । यसको अर्थ यो हो कि पश्चिमाहरु सम्पूर्ण रुपले सकारात्मक छन । कुरा के भने पाश्चिमाले प्रश्न गर्न सिकायो कुनै पनि बस्तु पदार्थ र घटनाक्रमलाई आँखा चिम्लीएर जे छ त्यसैलाई पूजा गरेर अनुसन्धान ग¥यो बैज्ञानिक बाटो पत्ता लगायो अहिले पनि सानु कक्षाका विज्ञान विषय पढ्ने विद्यार्थीहरु चालको नियम, गुरुत्वआकर्षण पृथ्वी सूर्यको वरिपरी घुम्छ भनेर प्रमाणित गर्ने बैज्ञानिकहरु न्यूटन ग्यालीलियो प्रामणिको अध्ययन गर्ने चाल्र्स डार्विन आदि आदिको नाम पढ्छन । अहिले पश्चिमाहरुले मानिसको आयु ३०० वर्ष पुर्‍याउने भन्ने खोज र अनुसन्धानमा छन भनिन्छ । पश्चिमा पूँजीबादीहरुले बैज्ञानिक उन्नतीलाई जनविरोधी काममा लगाएका छन त्यो अर्कै सन्दर्वमा व्याख्या गरौला यो लेखको उठानको विषय भनेको नेपाली समाजमा खोज र विज्ञासा कम पूजा बढि हुनुको कारण समग्र समाज पुरातनबादी संस्कृतीमा रुमलीएको अवस्था छ ।

 

कलेजमा विज्ञान पढेर आएको विद्यार्थी घरमा बाबुले हनुमान चालिसा पढ्दा हनुमान चालीसा के हो ? हनुमानका राम्रा नराम्रा पक्ष के हुन भनेर मनमा जिज्ञासा उभारर्दैन । प्रश्न गर्दैन । एउटा शिक्षित भनिने व्यक्ती मान्छेको मृत्यु भएप्छि आत्मा रहन्छ र ? रहन्छ भने कहा र कसरी रहन सक्छ भनेर पण्डा पुरोहित सँग प्रश्न गर्दैन बहस गर्दैन सहर्ष स्वीकार गर्छ । विज्ञान ले प्रश्न गर्छ कि कसरी किन कहिले अर्थात तथ्य नै विज्ञान हो । पश्चिमाले यहि संस्कृति अनुसरण गर्‍यो र विज्ञानमा अगाडि आयो रत चन्द्रमामा मान्छे पठाउन सक्यो । हाम्रो समाजमा प्राकृतिक प्रदत कुरा बुझ्न सकिएन भने त्यसलाई बैज्ञानिक अनुसन्धान नगर्ने त्यसलाई दैवी शक्तीमा जिम्मा लगाउने र पूजा गर्न थाल्ने संस्कृति छ । पूजा गर्ने र्सस्कृतिले समाज विज्ञानमा पनि ठूलो अषर गर्छ । आफू भन्दा ठूलाले भनेको मान्नु पर्छ भन्ने नाममा नाजायज कुरा पनि मान्ने चलन छ ।

 

नेपाली समाजमा जिज्ञासाको संस्कृति किन भएन भने मध्य यूग खासमा धर्मको आडमा चलेको थियो समाजमा सम्पूर्ण विविध नियम त्यसैको आधारमा चल्दथ्यो मध्य यूगकै चिन्तन र संस्कृती बोकेर नेपालमा मल्ल काल, राणा शासन तथा शाहा शासन चलेका थिए जुन शासनमा जनता दास रैती थिए मान्छेलाई जनावर जसरी राखिएको थियो । शासकलाई प्रश्न त के ठाडो सिर लगाएर हेर्न पनि नपाउने अवस्था थियो र शासकहरु आफूलाई कथित देवता घोषणा गरि पूजा गर्न लगाउथे प्रश्न गर्नु अपराध थियो बैज्ञानिक चिन्तन राख्ने मानिसलाई शासकहरु हत्या नै गर्दथे । गेहेन्द्र शमसेर बैज्ञानिक थिए राणाहरुको नजरमा बैज्ञानिक भनेको आफ्ना सत्ता विरोधी मान्छे भएको ठानेर गेहेन्द्र शमसेरको हत्या नै गरे जसलाई नेपालको प्रथम बैज्ञानिक भन्छि । सामन्ती शासकहरुले जवरजस्त लादेको पूजक संस्कृति हटन सकेको छैन । जव सम्म पूजा संस्कृति समाजबाट हट्दैन तव सम्म बैज्ञानिक संस्कृति अर्थात जिज्ञासाको संस्कृतिको विकास सम्भव छैन । जिज्ञासा नै विज्ञान हो जिज्ञासा विज्ञानको मुटु हो ।

 

माथि भनिए जस्तो एकजना विद्यालय शिक्षक जो आफूलाई बैद्धिक आर्य पनि भन्छन त्यहि अनुसारको संस्कार गर्न खोज्छन अन्ध रुपमा तर बैद्धिक आर्य भनेको परिभाषा र अर्थ थाहा छैन तर आफू त्यहि हो भन्छन उनलाई बैद्धिक र आर्य के हो भनेर बुज्ने जिज्ञासा नै छैन । आँखा चिम्लीएर पूजा गरेका छन यदि उनले बेद लेख्ने बेद मान्ने बैद्धिक आर्य हुन र बेद लेख्ने खस आर्य हुन भनेर बुज्ने हो भने बेद के हो र बेदबारे उनले जानकारी राख्ने थिए । बैद्धिक भन्ने वित्तिकै बेद सँग जोडिन्छ आफूलाई बैद्धिक भन्नेले बेद बारे बुज्न अनिवार्य जस्तै हुन्छ भन्ने उनको अबधारणा बन्ने थियो जसको कारण उनी एकजना शिक्षक पनि भएको कारण थोरै समय पनि समाजमा फूर्सदको बेला बेद बारे समाजलाई प्रशिक्षति गर्ने थिए ।

 

अर्का एकजना जनजाती अगुवा जो आदिवासि तथा जनजातीको अधिकारको लागि लडेको भन्छ तर हिमाली भेगका भोट बाट आएका भोटेहरु पछि कसरी पूर्वका भोटे शेर्पा पश्चिमका भोटे नै भए भन्ने सामान्य अथवा उनको विषय कै बारेमा जानकारी नहुनु र बुज्ने जिज्ञासा पनि नराख्ने अवस्था भनेको अनुसन्धान नामक संस्कृति नभएर पुजक संस्कृति नै हो । मान्छे औपचारिक रुपमा कसैको एउटा विषयगत क्षेत्र होला तर मान्छेको ज्ञानिन्द्रीयले पृथ्वीका थुप्रै कुरा देख्छ अनुभव गर्छ त्यो बारे बुज्न जिज्ञासु हुन भान्छेको स्वभाव पनि हुनु पर्छ । एउटा प्राणि शास्त्रीले प्राणी बाहेक थुप्रै कुरा देख्छ अनुभव गर्छ ती विषय बारे पनि उसमा बुज्ने जिज्ञासा पलाउछ । प्राणि शास्त्रीले भूगर्व बारे मैले किन बुज्ने भन्यो भने त्यहा जिज्ञासा थला पर्छ । अझ विद्यालयका क्षिक्षकहरु त समाज सँग पनि घुलमिल हुनु पर्ने हुदा अत्यन्त जिज्ञासु र सर्बज्ञाता हुने कोसिस गर्नुपर्छ एकजना १० कक्षा पढ्दै गरेको विद्यार्थीलाई देशको प्रधानमन्त्रीको नाम नै थाहा छैन । मानिसहरु मध्य विद्यार्थी त अझ जिज्ञासु मानिसिकताको हुनु पर्ने हो । राजनीति समग्र देशको मुल निती भएको हुनाले शिक्षा पनि राजनिति कै मातहतमा हुन्छ राजनीति जस्तो खाले छ शिक्षा प्रणाली पनि त्यहि अनुसारको हुने स्वतह भएको हुनाले प्रधानमन्त्री भन्ने वित्तिकै शिक्षा सँगै जोडिएको विषय भएको हुनाले देशका प्राधानमन्त्री र प्रधानमन्त्रीको पार्टी बुज्नु अनिवार्य छ भन्ने उत्सुकता जिज्ञासा नभएका विद्यार्थीले भविष्यमा देशमा कस्तो काम गर्लान सहजै अनुमान गर्न सकिन्छ ।

 

माथि नै भनिएको छ कि सबै नितीहरुको मूल निती राजनीति हो । राज्यको दर्शन र चरित्र जस्तो छ देशको आर्थिक सामाजिक संस्कृतिक अवस्था ले देशको समाजको संस्कृति निर्माण हुने हो राज्यलाई छोडेर नितान्त जनता जिज्ञासु भएनन बैज्ञानिक भएनन भन्न खोजेको पनि होइन जनता जिज्ञासु नहुनु भनेको सयौ बर्ष देखि सामन्ती शासक हरुले आफ्नो शोषण को राजलाई टिकाउन जनतालाई प्रश्न गर्ने होइन शासकहरुको पूजा गर्न लगाए प्रश्न गर्नेको जिब्रो काट्ने प्रश्न गर्नु अपराध ठान्ने पाप ठान्ने संस्कृति नै बनाए र बर्गिय रुपमा त्यो शोषकका संस्कृती जनतामा लादे र त्यहि पुजा संस्कृतिको निरन्तरता अहिले पनि छ अहिले आफूलाई आधुनिक भनिने मानिसहरु कुनै मन्दिरमा गएर बस्नुगत रुपमा त्यो मान्दिरको व्याख्या गरियो भने मन नपराउने त्यसलाई पाप सम्झने कथित आधुनिकहरु पनि छन । मैले एकजना आफूलाई शिक्षित भन्ने मान्छेलाई मधुगंगा महादेव भन्ने ठाउँ चुन ढुङ्गा र ओडार हो अर्थात पानी पलाउने खोल्साको ओडार भित्र चुन ढु्गा हो र अरु कुरा कल्पना गरिएको मात्र हो भन्दा ती शिक्षित म सँग रिसाएका थिए । ती शिक्षितको बुझाइमा मन्दिरको बस्तुगत विश्लेषण गर्नु पाप भन्ने उनको बुझाई थियो अर्थात जिज्ञासा बैज्ञानिक अनुसन्धानलाई पाप बुझ्ने कथित शिक्षित छन् हाम्रो देशमा त्यसैले नेपाल अहिले पनि सामन्ती संस्कृतिबाट मुक्त छैन किनभने पूजिँबादी देशहरुले बैज्ञानिक प्रयोगशासाल बनाएका छन् भने नेपालका शासकहरु मन्त्री मण्डल बस्ने ठूला महल र मन्दिर सिगारदै छन् र मानिसलाई जनता होइन रैति बनाएर घाँटी तन्काएर टिका लगाएर आसिरवाद दिदै गरेको अवस्था भनेको राणा राजाको पूजक संस्कृति छोडेको अवस्था छैन । सडकमा चप्पल लगाएर हिडेको मान्छे राजनीति गर्दै मन्त्री सांसद भएपछि शहर मा ठूला महल बन्छन । विलासी जीवन बाच्छन त्यहि पार्टीका कर्याकर्ता तपाईको सम्पत्तीको स्रोत के हो भनेर नेतालाई प्रश्न गर्न सक्दैनन किन कसरी भन्ने प्रश्न नै गर्न सक्दैनन । आजिवन राजनीति गर्ने मानछे भन्दा एउटा ठेकदारले चुनावमा टिक पाउछ । गैर राजनीतिक मान्छेलाई किन टिकट दिने भनेर कार्यकर्ता प्रश्न गर्न सक्दैन । जसरी राणा कालमा राजा कालमा शासकलाई प्रश्न गर्दा शासकले प्रश्न कर्तालाई दुःख दिने जात तल माथि पार्ने र हत्या पनि गरिदिने भन्ने डरले शासकहरु सँग प्रश्न गर्न जनता डाउथे जवरजस्त उनिहरुको सवारी मा फूलमाला बाजा गाजाले स्वागत गर्न बाध्य हुन्थयो अर्थात गलत कुराको विरोध गर्ने जिज्ञासा राख्ने कुरालाई जसरी राणा शासकहरु अपराध ठान्थे त्यो दास संस्कृति पूजा संस्कृतिले अहिले पनि छाडेको छैन ।

 

अहिले पनि समाजको तितो यथार्थ के हो भने समाजका भ्रष्टहरु स्थानीय तह देखि मन्त्री सम्मका मान्छे यि यि भ्रष्टाचारी हुन भन्ने जनताले बुजेका र चिनेका पनि छन तर तिनै भ्रष्टहरु लाई गलाभरी माला खादा ओडाउने जनता नै हुन यसो किन हुन्छ ? भने ती भ्रष्टहरुले स्थानीय कार्यकर्ताहरुलाई कार्यक्रम झकिझकाउ पार्न निर्देशन गर्छन । पद र धनमा लोभिएका कार्यकर्ताहरु जनतालाई नेताको स्वागतका लागि आउन उर्दि लाउछन् । विकासको भ्रम दिन्छन र जनता बाह्यता र प्रलोभवनमा परेर भ्रष्ट नेताको स्वागतमा हाजिर हुन्छन । भन्न खोजिएको के हो भने नेपालका शासकहरुको नाम फेरिएको छ बर्ग चरित्र एउटै छ शोषणको शैली फेरिएको शोषण ज्यूकात्यु छ ।

 

अन्त्यमा जनताको यो धैर्यता धेरैदिन रहदैन जनताले अव शासकको अगाडि प्रश्न गर्न जिज्ञासा राख्न भ्रष्टचार र शोषणको विरोध गर्न र बर्ग संघर्ष गर्नु अपरिहार्य भइसकेको छ । जसरी नेपाली समाजमा जिज्ञासाको अभाव बैज्ञानिक चिन्तनको अभाव अनुसन्धनको अभाव छ जनतामा प्रश्न गर्ने नभएर पूजा गर्ने संस्कृति छ त्यो हुनु भनेको शासक बर्गको बर्ग चरित्रको कारण हो । नेपाली राज्य सत्तामा क्रान्ती तथा आमूल परिवर्तन पछि बैज्ञानिक सोच र चिन्तनको समाज बन्ने पक्का छ ।

 

सफल नेपाल साप्ताहिक २०७५ माघ २४ गते विहिबारको अंकमा प्रकाशित

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top