प्रहरी र आरोपितक्षकाबीच दोहोरो झडप 

सिन्धुली साैगात संवाददाता २०७५ माघ २६ गते शनिवार सिन्धुली

 

सिन्धुली जिल्लाको मरिण गाउ“पालिका स्थित ईलाकाप्रहरी कार्यालयमा प्रहरी र आरोपितपक्षका बीच दोहोरो झडपहुदा“ दुईजना घाईते भएका छन् ।

 

प्रहरीको गोलीलागी स्थानीय सार्किमान मुक्तान घाईते भएका छन् भने,आरोपति पक्षको ढुंगामुढामा परी प्रहरी सहायक निरीक्षक दिपबहादुर अर्याल घाईते भएका छन् ।

 

एक घटनाका आरोपितव्यक्ति लाई प्रहरीले सोधपुछका लागि पक्राउ गर्दा उनका समर्थकहरुले ईलाका प्रहरी कार्यालयमा घेराउ गरी ढुंगामुढा गर्दा प्रहरीले २० राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन् ।

 

स्थितिलाई भडकिन नदिन स्थानीय प्रसासनले सुरक्षा सतर्कता बढाएको जनाएको छ ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top