२०७५ माघ २६ गते शनिबारको राशिफल

सिन्धुली साैगात संवाददाता २०७५ माघ २६ गते शनिवार काठमाडौं

 

वि.सं.२०७५ साल माघ २६ गते । शनिबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि चतुर्थी,०६ घडी २१ पला,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त पंचमी । करण भद्रा,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ५७ मिनेट उप्रान्त वालव ।नक्षत्र उत्तरभाद्रपदा,२० घडी ०९ पला,दिउँसो ०२ बजेर ५२ मिनेट उप्रान्त रेवती । योग सिद्ध,०८ घडि ०२ पला,बिहान १० बजेर ०१ मिनेट उप्रान्त साध्य । आनन्दादिमा धुम्र योग । चन्द्रराशि मिन । पञ्चक । काठमाडौंमा सूर्योदय ०६ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट । दिनमान २७ घडी ३३ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला । आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउँने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ । नोकरिमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रणय सम्बन्ध सुदृड भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आध्यात्मिक क्षेत्रमा समय दिएपनि नतिजा भने न्यून हुनेछ । लेखन क्षेत्रमा समय लगानि गरेपनि सयम दिएजस्तो उपलब्धि नहुदा मन खिन्न हुनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने भए पनि बाटोमा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । बिगतमा गरिएका गल्तिको प्रभाव देखिन थाल्ने ग्रहयोग रहेकोछ । सरकारी तथा प्रशासनिक काम गर्दा ख्याल गर्नुहोला काम बिग्रन सक्छ । माया प्रेममा अबिश्वास तथा शंका गर्नाले मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा समय दिन सके आम्दानि बढाउन सकिनेछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- भौतिक सम्पति तथा उपाहार प्राप्तिको गतिलो योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समयमा काम नबन्ने तथा खर्च बढ्ने हुँदा मानशिक तनाब बढ्नेछ । पढाई लेखाईमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । सामान्य कुरामा चनाखो नबन्दा अग्रज तथा बौद्धिक व्याक्तित्वहरु तपाईदेखि टाडिने सम्भावना रहेकोछ । प्रेम सम्बन्धमा एक अर्कालाई अनाबस्यक शंका गर्नाले टाडिनु पर्ने बाध्यता आउँनेछ । स्थाई सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मौषम तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउँन पनि सक्छ ख्याल गर्नुहोला । समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुँन पनि सक्छ । निर्णायक पदमा हुँनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ अरुको प्रभावमा परि गलत निर्णणहरु हुँन सक्छन् । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- नया नया कामको प्रश्ताब आउनेछ भने पुराना थाति बसेका कामहरु बन्ने हुनाले काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुने हुनाले थप लगानि गर्ने आट आउँनेछ । अध्यन अध्यापनमा सुधार भएर जानेछ भने आफ्नो ज्ञानलाई निखार्ने सकिनेछ । सुन्दर तथा बिलाशिताका सामान प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिने हुनाले पद प्राप्तीको योग बन्नेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

 

#राशिफल

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top