दुर्घट्ना अपडेटः पाँचजनाको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७५ माघ २४ गते बिहीवार सिन्धुली

NEWS-UPDATE
 

सिन्धुलीको फिक्कल गाँउपालिका–२ चण्डीभञ्ज्याङमा बिहिबार डबलक्याप बोलेरो जीप दुर्घट्ना हुदा पाँच जनाको मृत्यु भएको छ ।

 

जिल्लाकै महादेवडाँडाबाट सदरमुकाम सिन्धुलीमाढी तर्फ आउदै गरेको बा १५ च ९४२२ नम्बरको उक्त जिप बिहान ९ : ३० बजेतिर अनियन्त्रीत भई दुर्घट्ना हुदा ती यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ बर्षिया तीलमाया बिक, ६५ बर्षिय कुनमान तामाङ, ४० बर्षिया लक्ष्मी बिक, २५ बर्षिया अनीता महत र वडा नं. ३ निवासी ३५ बर्षिया शान्तिमाया श्रेष्ठ रहेका छन् ।

 

दुर्घट्नाका गम्भिर घाईतेहरु चालक मानबहादुर सुनुवार, गंगामाया बिक र दिपक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाईएको छ ।

 

अन्य चार जना यात्रु भने सामान्य घाईते रहेका प्रहरी उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए । उनका अनुसार उक्त जीपमा १२ जना यात्रु सबार थिए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top