दुवै हात गुमेकि मेघाका श्रीमान मिडियामा, हात काटिएपछि किन छोडे मेघालाई ? (भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७५ माघ २३ गते बुधवार काठमाडौं

megha-nepal
 

करेन्ट लागेर दुवै हात गुमाएकि बिराटनगरी मेघा घिमिरे अहिले उपचारको लागि काठमाण्डौमा आइपुगेकी छन् । घिमिरेको ३ वर्ष अघि आफ्नै घरमा करेन्ट लागेर दुवै हात गुमेको थियो ।

 

अहिले भने उनि आफ्नी आमाको साहारामा उपचारको लागि काठमाण्डौ आइपुगेकी हुन् । उनले आफ्नो उपचारको लागि धेरै ठाँउबाट सहयोग आउन थालेको पनि बताएकी छन् । ‘म उपचारको लागि काठमाण्डौ आएकी हु’ उनले भनिन्, ‘अहिले भने सामाजिक सञ्जालबाट मेरो अवस्थाको बारेमा थाहा पाएर धेरैले सहयोग गर्न थालेका छन् ।’

 

श्रीमान बिकास कार्कीले भने करेन्ट लागेर दुबै हात काटिएपछि मेघालाई छोडिदिएका छन् । ‘पहिला धेरै माया गर्थे’ उनले भनिन्, ‘अहिले टाढा भएका छन् ।’ हात जोडिएको अवस्थामा आफ्नो जिविको पार्जनको लागि आँफैले संघर्ष गर्ने उनले बताएकी छन् ।

 

भिडियो:

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top