प्रवासी नेपालीको पैसाले गौतम बुद्द अन्तरास्ट्रिय क्रिकेट रंगशाला बनाउने कुरामा हुन थाल्यो विरोध (भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ माघ २१ गते सोमवार काठमाडौं

 

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा भरतपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालाको आर्थिक संकलनको विषयमा विरोधको आवाज आउन थालेको छ । यो विरोध नेपालबाट भन्दा प्रवासमा रहेर बैदेशिक रोजगारी गरिरहेका युवाहरु बढी छन ।

 

उनीहरुको विरोध धुर्मुस सुन्तली प्रति भन्दा पनि नेपाल सरकार प्रति रहेको छ । गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नको लागि कम्तिमा तिन अर्ब रुपैयाको लागत लाग्ने अनुमान गरिएको छ । तर धुर्मुस सुन्तली फाउन्डेसनसंग अहिले ३-४ करोड रुपैया पनि छैन । बाकी अर्बौ रुपैयाको स्रोत भनेको देश तथा विदेशमा रहेका सर्बसाधारणबाट संकलन गर्ने धुर्मुस सुन्तलीको लक्ष रहेको घोषणा नै गरेका छन । तर रकमको आशा भने बैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका युवाहरुबाट नै बढी रहेको स्पष्ट हुन्छ ।

 

अर्बौको लगानी हुने एउटा राष्ट्र गौरबको आयोजना सरकारले बनाउनु पर्ने आम मानिसहरुको भनाई छ । कुनै दुखि पिडितलाई सहयोग गर्नु अर्कै कुरा तर रास्ट्र गौरबको कार्यक्रमहरु, आयोजनाहरु पनि जनताको चन्दाले निर्माण गर्नु त्यति सुहाउदिलो कुरा भने हैन । जुन कुराको विरोध प्रवासमा रहेकाले गरेका हुन् । उनीहरुले धुर्मुस सुन्तलीलाई गलत ठानेको भन्दा पनि सरकारको यो अवस्थालाई गलत ठानेका छन ।

 

यस विषयमा प्रवासमा रहेका नेपालीहरुको भनाई यस्तो छ :

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top