रिसाएकी गर्लफ्रेण्डलाई यसरी सकिन्छ फकाउन

सिन्धुली साैगात संवाददाता २०७५ माघ २१ गते सोमवार काठमाडौं

 

सर्च इन्जिन गूगलमा ‘गर्लफ्रेन्डसँग कसरी माफी माग्ने’ भनेर खोज्यो भने साढे तीन करोडभन्दा बढी उत्तर पाउन सकिन्छ । जब भारतको महाराष्ट्रमा एक युवकले आफ्नो शहरमा तीन सय होर्डिङ बोर्ड लगाएर प्रेमिकासँग माफी मागे, थाहा छैन उनले कसैलाई पढेका थिए कि थिएनन् ।महाराष्ट्रको पुणे जिल्लामा एक जना २५ वर्षीय युवकले ‘शिवडे, आई एम सरी’ लेखेर होर्डिङ बोर्ड लगाएका थिए । ती युवकले जसरी भए पनि आफ्नी प्रेमिकालाई आफ्नो कुरा सुनाउन चाहन्थे । उनलाई आफ्नी प्रेमिकाको नाम वा उपनामा९शिवडे० लेखेर बोर्ड राख्दा युवतीको पहिचान खुल्ने हुँदा त्यसले पछि केही समस्या आउला कि भन्नेमा भने ध्यान पुर्याएनन् ।

 

युवकले गरेका कामका कारण उनको चर्चा समाचारपत्रसम्म पुग्यो, जसले होर्डिङ बोर्ड देखेका थिएनन्, जो त्यस शहर वा राज्यका बासिन्दा पनि थिएनन् । उनीहरुले पनि सञ्चारमाध्यमका तर्फबाट यो खबर थाहा पाए । अब प्रहरीले ती युवकसँग सोधपुछ गरिरहेको छ । ती युवतीले युवकलाई माफी दिइन् वा दिइनन् त थाहा छैन तर माफी माग्ने तरिकाका बारेमा भने बहस सुरु भएको छ । सार्वजनिक रुपमा प्रेमी–प्रेमिकासँग माफी मागिएको भने यो पहिलो पटक होइन । केही सेलिब्रिटीले यस्तै उपाय पहिले ने अपनाएका छन् । चर्चित गायक क्रिस ब्राउनले आफ्नी प्रेमिका रिहानासँग सार्वजनिक रुपमै माफी मागेका थिए । सन् २००९ मा क्रिस ब्राउनले रिहानालाई पिटेका थिए । त्यसपछि ब्राउनविरुद्ध घरेलु हिंसाको मुद्धा चल्यो । केही महिनापछि एउटा भिडियो जारी गर्दै ब्राउनले रिहानासँग माफी मागेका थिए ।

 

उनले आफूले पहिले नै रिहानासँग माफी माग्न चाहेको बताउँदै वकीलले मुद्धाको कारण देखाउँदै आफूलाई रोकेको बताएका थिए । भिडियोमा उनले रिहानासँग कैयौँ पटक व्यक्तिगत रुपमा माफी मागेको तर उनी नमानेको बताएका थिए । ब्राउनले सार्वजनिक रुपमै माफी माग्दै आफू रोल मोडल बन्न चाहेको बताएका थिए । क्रिस ब्राउनले माफी पाएनन् । रिहानासँग पनि र कानुनी रुपमा पनि । उनलाई घरेलु हिंसामा दोषी पाइयो र सजाय दिइयो ।

 

#रोचक

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top