एन प्याव्सन जिल्लास्तरिय अन्तर विद्यालय प्रतियोगिता सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ माघ २० गते आइतवार सिन्धुली

 

नेशनल प्याव्सन सिन्धुलीद्वारा आयोजित जिल्ला स्तरिय अन्तर स्कुल प्रतियोगिता शनिबार दुधौली नगरपालिका. स्थित श्री सिन्धुली लिटिल फ्लावर्स इंग्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।

 

 

नेशनल प्याव्सनका केन्द्रीय सल्लाहाकार पाण्डब हमालको प्रमुख अतिथि र नेशनल प्याव्सनका केन्द्रीय सदस्य कृष्ण कुमार उप्रेती विशेष अतिथि रहेको कार्यक्रममा हस्तलेखन, चित्रकला र हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । नेपाली हस्तलेखन प्रतियोगितामा समय पाठशाला सिन्धुली, कमलामाई इंग्लिस बोर्डिङ स्कुल दुधौली र सिन्धुली लिटिल फ्लावर्स इ.बो.स्कुल दुधौली क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

 

त्यसैगरी अंग्रेजी हस्तलेखन प्रतियोगितामा कमलामाई इ.बो.स्कुल दुधौली, सिन्धुली लिटिल फ्लावर्स इ.बो.स्कुल दुधौली र भगवती इ.बो.स्कुल सिन्धुली क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । सोही दिन भएको चित्रकला प्रतियोगितामा मरिण एकेडेमी धमिले सिन्धुली, स्कलर्स एकेडेमी भिमान र सिन्धुली पाठशाला क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । उक्त दिन भएको हिज्जे प्रतियोगितामा कमलामाई इ.बो.स्कुल दुधौली, स्कलर्स एकेडेमी भिमान र भगवती इ.बो.स्कुल सिन्धुली क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

 

 

सहभागि विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिद्वारा प्रदान गरिएको थियो । कार्यक्रमका सभापति श्री सिन्धुली लिटिल फ्लावर्स इ.बो. स्कुल दुधौलीका प्रधानाध्यापक युवराज शाहीको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

# शिक्षा

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top