सिन्धुली साहित्य उत्सव २०७५ पुस्तक विमोचन

सिन्धुली साैगात संवाददाता २०७५ माघ २० गते आइतवार काठमाडौं

 

सिन्धुली सिन्धुली साहित्य उत्सव २०७५ पुस्तक विमोचन तथा विशेष रचना वाचन कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

 

 

सिन्धुली साहित्य प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको हो । अभिनाश थापाको एकल गजल संग्रह अन्तिम सम्बोधन र संयुक्त गजल संग्रह समयको दस्तावेजको शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो ।

 

कार्यक्रममा नविन संघर्ष सिन्धुलीय, सुनिल जलन, कृष्णराज तामाङ र रेस्मा बुनेले विशेष रचना वाचन गरेका थिए ।

 

सिन्धुली साहित्य प्रतिष्ठानका अध्यक्ष पवन पाख्रिनको अध्यक्षता तथा अनामण्डली काठ्माडौका पूर्व अध्यक्ष बलराम दाहालको प्रमुख आतिथ्यता एंव सिन्धुली वाङमय प्रतिष्ठानका अध्यक्ष अन्जुल र सिन्धुली बहुमुखी क्याम्पसका प्राध्यापक अर्जुन पौडेलको विशिष्ट आतिथ्यता तथा उमानाथशास्त्री साहित्य प्रतिष्ठानका अध्यक्ष भाइदाजु, गजल सरोबर सिन्धुलीका अध्यक्ष बरुण लामिछाने लगाएत विभिन्न साहित्यिकारहरुको उपस्थितीमा कार्यक्रम भएको हो ।

 

#साहित्य

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top