बंगलादेशमा नेपाली मुलका पहिलो मन्त्री बने वीरबहादु !

सिन्धुली साैगात संवाददाता २०७५ माघ १९ गते शनिवार काठमाडौं

 

बंगलादेशमा नेपाली मुलका पहिलो व्यक्ति मन्त्रि बनेका छन् । नेपालीमूलका वीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री भएका हुन् ।

 

 

उनि गत निर्वाचनमा हसिनाको पार्टी अवामी लिग बाट बिजयी भएका थिए । अवामी लिगले बहुमत हासिल गरेपछि जनवरी ७ मा नयाँ मन्त्रिमण्डल गठन भएको थियो । वीरबहादुरलाई चितागोङ (चटगाव) हिल ट्रयाक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएको छ ।

 

बंगलादेशको उत्तरीपूर्वी सीमामा खाग्रासरी, रांगामाटी र वान्दरवन जिल्ला छन् । यी तीनै जिल्लाको साँधसीमा भारत र म्यानमार (बर्मा)सँग जोडिन्छ । हालै सम्पन्न ११ औं संसदीय निर्वाचनमा वान्दरवन क्षेत्रबाट विजयी बनेपछि वीरबहादुर छैटौं पटक सांसद बने । सँगै पहिलो पटक क्याबिनेट मन्त्री पनि बनेका छन् ।

 

 

उनले यही क्षेत्रबाट सन् १९९१ मा पहिलोपटक सांसद जितेका थिए । त्यसपछि वीरबहादुर सन् १९९८ मा सहायक मन्त्री र २००८ मा राज्यमन्त्री बनिसकेका थिए ।

 

पढाइसँगै राजनितिमा आबद्ध वीरबहादुरले राजशाही विश्वविद्यालयवाट राजनीतिशास्त्रमा मास्टर्स गरेका हुन् ।

 

#अन्तराष्ट्रिय

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top