पारस शाहको मुटु धेरै कमजोर

सिन्धुली साैगात संवाददाता २०७५ माघ १६ गते बुधवार काठमाडौं

parash-shah
 

मन्दिरमा पूजाआजा गरिरहेका बेला सोमबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।

 

अस्पतालका अनुसार बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार आउन थालेको हो । पारसको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्टले उनको स्वास्थ्यमा सुधार आएको बताए । यद्यपि उनको मुटु धेरै कमजोर भएको उनले जनाए । मुटु कमजोर भएकाले विशेष ध्यान दिन डा. भट्टले पूर्वराजाका परिवारलाई सुझाव दिएका छन् । पारसलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी छ ।

 

पारसलाई हृदयघात भएको यो तेश्रोपटक हो । यसअघि उनलाई बैंककमा एकपटक र नेपालमा एकपटक हृदयघात भइसकेको थियो । अत्याधिक मदिरा सेवन तथा लागुऔषध सेवनका कारण पारसको मुटु कमजोर बनेको चिकित्सकको भनाइ छ । पारसको उपचारमा प्रा डा यादवदेव भट्टको नेतृत्वमा डा जेपी अग्रवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठलगायतको टोली सक्रिय छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top