सहिदको बलिदानको अपमान नगर

सम्पादकीय २०७५ माघ १६ गते बुधवार सिन्धुली

 

सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुनजुन देशमा सामाजिक , आर्थिक र राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदानी दिएका छन् । सहिदप्रति श्रद्धान्जली प्रकट गरी विभिन्न कार्यक्रमका साथ देशभर आज, माघ १६ गते सहिद दिवस मनाईंदैछ । प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राणको आहुति दिने वीर शहिदको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । सहिद दिवसका दिनमात्र सहिदलाई सम्झने प्रवृद्धि त पहिले देखि नै हो तर सहिदको बलिदानको पनि अपमान गरिदैँ आएको छ । हिजोआज जसलाई पनि सहिद घोषणा गर्ने प्रवृत्तिले सहिदको अपमान भएको गुनासो बढ्दै गएको छ र सहिदको पनि मापदण्ड बनाउनुपर्ने आवाज उठिरहेको छ ।

 

 

मुलुकको स्वतन्त्रता र रक्षाका लागि जीवन अर्पण गर्ने शहीद बास्तवमै महान हुन् यो विषय पूर्वबाट घाम झुल्कन्छ भनेजस्तै सत्य हो । तिनका गाथा अजम्बरी स्वरमा गाउनुपर्छ तर, भाषणमा हैन व्यवहारमा । गाथा गाएर काम उल्टो गर्ने होइन, नेताहरूले शहीदका सपना पूरा गर्नेतिर सरकार लाग्यो भने मात्रै शहीदका गाथा गाउनुको अर्थ रहन्छ । अब पनि शहीदका तस्विरमा माला लगाएर वा तिनका गुणगानमा सीमित भएर व्यवहारमा नउतार्ने हो भने शहीद दिवस मनाउनुको औचित्य छैन ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top