सत्ता ढाल्ने खेल सुरु, ५ सांसद वेपत्ता

सिन्धुली साैगात संवाददाता २०७५ माघ १ गते मंगलवार काठमाडौं

 

नेपालमा सांसद किनबेच र वेपत्ता बनाउने गरेको सुन्ने गरिथ्यो । नेपालमा सत्ता ढाल्न र बनाउन सुरु हुने सांसद किनबेचको खेल भारतको कर्नाटक राज्यमा देखिएको छ । यसअघि पनि भएको सत्ता उल्टाउने खेल फेरि फेरि एक पटक सुरु भएको छ ।

 

 

मुख्यमन्त्री एचडी कुमारस्वामीले भारतीय जनता पार्टी(बीजेपी) माथि आफ्ना सांसदहरुलाई फुटाउन लागेको आरोप लगाएका छन् । बीजेपी सांसद पूर्णिमा श्रीनिवासले चाँडै कर्नाटकको गठबन्धन सरकार ढल्ने दाबी गरेकी छिन् ।

 

कांग्रेसले पनि आफ्ना केही सांसदालाई बेपत्ता पारिएको आरोप लगाउँदै बीजेपी ‘अपरेसन लोटस’ मा काम गरिरहेको आरोप लगाएको छ । २२४ सदस्य भएको कर्नाटक विधानसभामा जेडीएस–कांग्रेस गठबन्धनसँग ११८ सांसद छन् ।

 

कर्नाटकमा सरकार बनाउन ११३ सांसद चाहिन्छ । बीजेपीसँग एक्लै १०४ सांसद छन् । कांग्रेसले आफ्ना सांसदलाई प्रलोभन देखाएर बीजेपी सरकार ढाल्ने काममा लागेको आरोप लगाएको छ । आफ्ना ५ सांसद बेपत्ता पारिएको कांग्रेसले आरोप लगाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top