सिन्धुलीमा लोक बाजा लोप हुदै

सिन्धुली साैगात संवाददाता २०७५ पुस २८ गते शनिवार सिन्धुली

 

सिन्धुलीमा लोक बाजा हराउन थालेको छ । रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने लोक बाजा लोप हुँदै गएको हो ।

 

 

जब शब्दहरु बोल्न असमर्थ हुन्छन्, तब संगीतका धुनहरुले मनको बह पोख्छन् भन्ने भनाई धेरै अघि देखि सुनिदै आएको हो । किनभने यस्ता मौलिक बाजाबाट निस्कने धुनले हाम्रो रीति, थीति, संस्कृति र परिचय झल्काउँछ ।

 

नेपालमा हजार बढी बाजाहरु रहे पनि विनायो, पेवाचा, याकुचा बमु लगायत बाजाहरु बज्नै छाडी सकेका छन् ।

 

नयाँ पुस्ता पाश्चात्य गीत/संगीतमा रमाउन र पुरानो पुस्ताले सीप हस्तान्तरण गर्न नसक्दा लोेक बाजा संकटमा परेको छ । स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैँजडी, डम्फु, सारंगी, पियानो जस्ता बाजा लोप हुँदै गएकोमा लोक गित संगितका स्रष्ट्राहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

 

आधुनिक तथा प्राविधिक बाजाहरुको प्रयोगले गर्दा पनि मौलिक बाजाहरुको प्रयोग कम भईरहेको छ । मादल, सारङ्गी, मुर्चुङ्गा जस्ता बाजाको धुन समेत आधुनिक कीबोर्ड र प्रोगामबाट निकाल्न थालिएपनि बाजासंगै बाद्यबादकहरुको संख्या पनि घट्दो छ ।

 

कुनै बेला खुबै रुचाइने नेपाली मौलिक परम्परागत बाजा क्रमशः हराउँदै गएपछि मौलिक धुन पनि हराउँदै गएकोमा लोकगीत र लोकसंगीतका पारखीले चिन्ता व्यक्त गरेका छन् ।

 

सिन्धुलीका स्रष्टा तथा राष्ट्रिय लोक गायक तथा संगितकार समेत रहेका भोजराज काफ्लले लोक बाजा लोप हुदै जानु भनेको सस्कृृति नै लोप हुन बताए । पहिले गाउँघरमा हुने हरेक कार्यहरु विवाह, व्रतवन्ध, पुजा लगाएतका कार्यहरुमा मादल, बासुरी, डम्फु बजाएर नाच्ने तथा गाउने गरिरिए पनि अहिले त्यो लोप भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

 

अहिले गरिने विभिन्न समाजिक कार्य तथा चाडपर्वहरुमा लोक बाजालाई बिर्सिइ पाश्चात्य साउन्ड सिस्टमको प्रयोग गरिएकोमा उनले चिन्ता व्यक्त गरेका छन ।

 

त्यस्तै अर्का सिन्धुलीका सष्ट्रा तथा लोक गायक डिल्ली काफ्ले पनि नेपाली लोक भाकामा अत्यधिक बज्ने मादल अहिले आधुनिक बाजा भित्रिएसँगै संकटमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्छन् ।

 

नेपाली मौलिक बाजालाई विदेशी बाजाको प्रभावले विस्तारै ओझेलमा पार्न थालेको बताउँदै काफ्लेले परम्परागत बाजाको प्रयोग घट्दै गएकाले बताए ।

 

नेपाली मौलिक लोक बाजाको प्रयोग हराउदै जानुले हाम्रो पहिचान र मौलिकपन संकटमा पर्ने देखिन्छ ।

 

संस्कृतिहरु मौलिकताका पर्याय हुन् । मौलिकता भाषा र रहनसहनले मात्र बोक्दैन । संस्कृति र त्यसमा अटाउने गीत, संगीतले पनि बोक्छ । मौलिक बाजा संकटमा पर्नु भनेको हाम्रो पहिचान समेत संकटमा पर्नु हो । यसको संरक्षण र सम्वर्दनका लागि राज्य र नागरिक दुवै स्तरबाट पहल थाल्नुपर्ने बेला आईसकेको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top