डेढ वर्षमै फुट्यो विवकेशिल साझा

सिन्धुली साैगात संवाददाता २०७५ पुस २७ गते शुक्रवार काठमाडौं

sajha-bibekshil
 

विवेकशील नेपाली तथा साझा पार्टी एकिकरण भएर बनेको रविन्द्र मिश्र र उज्जवल थापाको विवकेशिल साझा पार्टी फुटेको छ । गत साउन ११ मा एकिकरण भएको पार्टी डेढ वर्षमै फुटेको हो ।

 

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

 

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

 

थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

 

तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।

 

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

 

यो पनि पढौँः   जर्बुटामा पृथ्वीनागरायण शाह

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top