छउपडीले कतिञ्जेल जोखिम ?

सम्पादकीय २०७५ पुस २७ गते शुक्रवार सिन्धुली

 

बुधबार बिहान ३५ वर्षीया अम्बा बोहोरा, उनका छोराहरु नौ वर्षीय सुरेश र सात वर्षीय रमितको छाउगोठमा मृत्यु भयो । घरसँगै जोडिएको छाउगोठमा उनीहरुको शव फेला परेको थियो । सोमबार राति छाउगोठमा सुत्दा उनीहरु निस्सासिएर मृत्यु भएको अनुमान छ । बाजुरा जिल्लाका अधिकांश गाउँमा छाउपडी बार्ने प्रचलन छ । समाजमा गढेर बसेको कुप्रथाले ज्यानै लग्ने गरेको छ । अम्बा बोहोरा जस्तै बाजुरामा छाउगोठमै ज्यान त्याग्नेहरु थुप्रै छन् । बाजुरामा छउपडीले अझै कतिको ज्यान लाने हो निश्चित छैन । महिनावारीको बेला अविवाहितलाई ७ र विवाहितलाई कम्तीमा ५ दिन छाउगोठमा सुताउने गरिन्छ । महिनावारीको बेलामा स्याहारको आवश्यक हुन्छ । तर, समाजमा चल्दै आएको कुप्रथा र चलनले महिलाहरु पिडित हुन पुगेका छन् । कुप्रथा हटाउन अनेकौँ प्रयास भएपनि प्रयासहरु सफल हुन सकिरहेका छैनन् ।

 

 

महिनावारी समस्याकै कारण महिलाहरु टिमुर जस्तै खुम्चने ठुला समस्याका रुपमा महिनावारी वार्ने कुरालाई लिएर मानसिक रोगले गर्दा पाठेघर सम्बन्धी समस्या, मृगौलासम्बन्धीत रोग लाग्ने , मुत्राप्रणली महिनावारीसंग अन्य रोग लाग्ने ,अर्को पुस्ता पनि खुम्चीदै जाने जस्ता समस्याको विजारोपण हुने गर्दछ । छउपडी प्रथाले गर्दा समाजमा महिलाहरुकालागि महिनावारी मुख्य समस्या बन्दै गएको छ । तसर्थ, छउपडी प्रथाको अन्त्य गर्न समाजमा व्यापक सचेतना अभियान संचालन गर्नुपर्छ । समाजमा वर्षौँदेखि गाढिएको प्रथाको अन्त्य गर्न हरेक नागरिक सक्रिय भएर लाग्नुपर्छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top