फिक्कल गाउँपालिकामा प्राइम बैंकको ७२ औ शाखा

सिन्धुली साैगात संवाददाता २०७५ पुस २७ गते शुक्रवार सिन्धुली

 

प्राइम कर्मसियल बैक लिमिटेडले सिन्धुलीको फिक्कल गाउँपालिका वडा न– ४ खाङसाङमा शुक्रबार एक समारोह बीच आफ्नो ७२ औं शाखा बिस्तार गरेको छ ।

 

 

शाखा बिस्तारको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले गाउँपालिकामा बैंक शुभारम्भ हुनु खुसिको कुरा रहेको बताउँदै गाउँपालिकाका जनताहरूलाई बैकिङ कारोवारमा सहजता हुने बिश्वास ब्यक्त गरे ।

 

गाउँपालिकामा अहिले सम्म कुनै पनि बैंक नहुदा गाउँपालिकाका आर्थिक कारोबारमा समेत झन्झट हुने गरेकोमा अबका दिनमा सहजता हुने फिक्कल – ५ का वडा अध्यक्ष राजु बरालले बताए ।

 

भुकम्प पिडितहरूलाई अनुदान बितरणमा समेत आगामी दिनमा सहजता हुने भएको छ । यस अघि अनुदान रकम लिन सदरमुकाम तथा खुर्काेट पुग्नु पर्ने बाध्यता रहेको थियो । आबश्यक प्रक्रिया मिलाई गाउँपालिकाकै बैंकबाट अनुदान लिने ब्यवस्था मिलाउने गाउँपालिका उपाध्यक्ष पार्वति सुनुवारले बताईन ।

 

शाखाले आगामी दिनमा सेवाग्राहिहरूलाई सहज र सुरक्षित तवरले सेवा प्रदान गर्ने बैकका शाखा प्रमुख जनक श्रेष्ठले बताए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top