सुनकोशीमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता

सिन्धुली साैगात संवाददाता २०७५ पुस २७ गते शुक्रवार सिन्धुली

 

 

सुनकोशी गाउँपालिका ५ मुलकोटमा रास्ट्रपति रनिङ्गशिल्ड २०७५ को बिहवार उद्घाटन गरिएको छ । सुनकोशी गाउँपालिकाको आयोजनामा माध्यामिक विद्यालय स्तरिय भलिबल प्रतियोगिता सुरु भएको हो ।

 

सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराको अध्यक्षता तथा प्रदेश सांसद लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका वडाध्यक्षहरु, अन्य जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, स्थानिबासी लगाएतको उपस्थितीमा बिहिवार मावि स्तरिय रास्ट्रपति रनिङ्गशिल्ड भलिबल प्रतियोगिता सुरु भएको हो ।

 

 

प्रतियोगितामा दिर्घप्रतिक मावि खाल्टे, ग्रामकाली मावि अमारे, गणेश मावि थापाथुम्का, गणेश मावि मझुवा, प्रगतिशिल मावि राटमाटा, मावि गुठबजार, सिद्ध मावि कोटगाउँ, कुशेश्वर विद्यापिठ मावि दुम्जा र देवस्थान मावि बालुवा गरी गाउँपालिका रहेका ९ वटै मावि स्तरिय विद्यालयहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

बिहिबारबाट सुरु भएको प्रतियोगिता शुक्रबारसम्म चल्ने आयोजकले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top