भारतबाट विपी राजमार्गहुँदै लागुऔषध भित्राउँदै कारोबारी

सिन्धुली साैगात संवाददाता २०७५ पुस २६ गते बिहीवार काठमाडौं

drugs-sindhulisaugat
 

नेपालमा अवैध मानिने नाइट्रोभेटटेनको कारोबार भातरबाट विपी राजमार्ग हुदैँ काठमाडौँ लगायत छिमेकि जिल्लामा कारोबार हुने गरेको पाईएको छ । प्रयोगकर्ताहरुले लागुऔषध छिमेकी देश भारतबाट ल्याउने गरेका छन् । वीपी राजमार्गबाट काठमाडौँ र आसपासका जिल्लामा भित्रयाउन सहज भएपछि कारोबारीहरुले विपी राजमार्गको रुट, स्थान छनोट गरेका हुन् ।

 

नेपालमा पूर्णरुपमा प्रतिबन्धीत रहेकाले यसमा कारोबार गर्नेहरुको गिरोह ठूलो रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काका अनुसार प्रहरीले एकसातामा ९ जना कारोबारीलाई पक्राउ गरेको छ ।

 

प्रहरीले बीपी र अरनिको राजमार्गमा विशेष चेकजाँच गरिरहेको छ । प्रहरीका अनुसार प्रयोगकर्ताले एक चक्कीको १ सय देखि १ हजारसम्म खर्च गरेर खरिद गर्न गरेका छन् । पछिल्लो एक सातामा काभ्रेका विभिन्न स्थानबाट प्रहरीले ९ जना नाइट्रोभेटटेन कारोबारमा संलग्नलाइ पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

 

उनीहरुका साथबाट प्रहरीले ३ हजार २ सय दश चक्की अवैद्य लागु औषध नाइट्रोभेटटेन बरामद गर्याे । गत शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै विभिन्न स्थानबाट नाइट्रोभेटटेन कारोबारमा संलग्न आरोपहरु सार्वाजनिक गर्दै लागु औषधका रुपमा प्रयोग हुने नाइट्रोभेटटेन नेपालमा अवैध चक्की पछिल्लो समय स्कुले बालबालिकादेखि किशोर अवस्थाका विद्यार्थीहरु रहेको तथ्य सार्वजनिक गरेको थियो ।

 

काभ्रे जिल्लामा ७ महिनाको अन्तरालमा मात्रै १० वटा लागु औषधसम्बन्धी मुद्दा चलेको छ । जसमा इलाका प्रहरी कार्यालय बनेपाले ८ वटा मुद्दा चलाएकोमध्ये ६ जना १८ देखि २४ वर्ष उम्मेरका रहेका छन् । जिल्ला प्रहरीले चलाएको मुद्दामा पनि २ जना किशोर अवस्थाका छन् । लागुऔषध प्रयोग कर्ताहरुले नेट्रोभेटनेट, गाजा, यामपुल, नाइट्रोसन ट्यावलेट, सिजिन्ज जस्ता लागु औषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

 

प्रहरीका अनुसार स्कुलले विद्यार्थीदेखि कलेकजा विद्यार्थीहरुलाई यसको लतमा फसाउने गिरोह नै सक्रिय रहेको छ जस्मा प्रहरीले एउटा गिरोहलाई नियन्त्रणमा लिएको बतायो । नाइट्रोभेनेटको नसाले प्रयोगकर्तालाई लठ्ठ पार्ने, एकोहोरो बनाउने, जस्ता नसा दिने गर्दछ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top