मौलिकताको जगेर्नामा लागौँ

सम्पादकीय २०७५ पुस २५ गते बुधवार सिन्धुली

 

पछिल्लो समय भाषा, धर्म र संस्कारसंस्कृति संकटमा पर्दै गएकाले यसको जगेर्ना गर्नुपर्ने आवाजहरु उठिरहेका छन् । पछिल्लो पुस्ताका युवाहरुले मौलिक धर्म र संस्कृतिबारे बुझ्न नखोज्ने प्रबृत्ति देखिएको छ । त्यसैगरि, देशमा रहेका विभिन्न समुदायले आफ्नो धर्म, संस्कृति र रीतिरिवाज छोड्दै गएको अवस्था छ । पुर्खाले आर्जेको धर्म, संस्कृतिको जगेर्ना गरेर नै समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सकिन्छ । त्यहि नै सत्मार्ग र सहि बाटो हो । नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले ती सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो । गाउँदेखि सहरबजारमा भाषा, धर्म, संस्कार संस्कृतिबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्न आवश्यक छ । धर्मसंस्कृति जोगाउन गाउँगाउँ तथा सहरबजारमा जागरण अभियान संचालन गरनुपर्छ ।

 

 

आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिका बीच संगठित हुनु आवश्यक छ । त्यसैले, एकले अर्कालाई सम्मान गर्ने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीको विकासले मात्र हाम्रो मौलिक भाषा र संस्कृतिको संरक्षण हुन्छ भन्ने सबैले बुझ्न आवश्यक छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top