विकासमा नागरिक सहभागिता

सम्पादकीय २०७५ पुस २४ गते मंगलवार सिन्धुली

 

विकास निर्माणमा बे थिति चर म रुपमा बढिरहेको छ । तर पनि बेथितिविरुद्ध जनताबाट खबरदारी कमै हुने गरेको छ । राजनीतिक उद्धेश्यबाट प्रेरित अन्य आन्दोलन भएपनि विकासका नाममा धेरै आवाज उठ्न सकेका छैनन् । विकास निर्माणमा भइरहेको बेथितिविरुद्ध नागरिक हस्तक्षेप बढाउनुसबै नागरिकको दायित्व हो । त्यसैले, हरेक नागरिकले आफू बसोबास गर्ने ठाउँमा भइरहेको विकासको काममा सूचना लिन सक्छन् र खबरदारी गर्ने अधिकार पनि हरेक नागरिकको हुन्छ भन्ने बुझ्नुपर्छ । काम ढिलो हुनुमा पनि कारणहरु देखाएपनि मुख्य कारण सरकारी निकाय र निर्माण व्यवसायीको इच्छाशक्तिको अभाव नै हो । विकास योजनामा जति गरेपनि बहाना र कारणहरु देखाएर कार्वाही नहुने परिपार्टीले विकासको काम अपुरो हुने गरेको छ । कुनै घट्ना विशेषमा मात्र समस्या आउनु स्वभाविक हो तर देशभरिमै एउटै प्रवृत्ति देखिनुले नियतमाथि नैै प्रश्न उब्जिन्छ ।

 

 

विकासको कामले सुस्त गति लिएपनि भरपर्दो काम हुन सकिरहेको छैन । नियमनकारी निकायले अनुगमन नगर्दा विकासका कामले पुर्णता पाउन सकिरहेको छैन । जस्ले गर्दा विकासको काम दिगो भएका छैनन् । तसर्थ, विकास निर्माणमा नियमनकारी निकाय लगायत नागरिक स्तरबाटै खवरदारी गरिनुपर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top