असमझदारीको हल खोेज

सम्पादकीय २०७५ पुस २३ गते सोमवार सिन्धुली

 

देशमा केन्द्र र प्रदेश सरकार गठन भएको वर्ष बितिसक्दा पनि असमझदारी र विवादले नागरिकमा नकारात्म प्रभाव परेको छ । देशमा सबै तहको निर्वाचन सम्पन्न भएपछि एउटा उत्साह जागेको थियो । बहुमतको सरकारले तीनै तहलाई मिलाएर अघि बढाउने परिकल्पना सहित नागरिक उत्सुकतापुर्वक प्रतीक्षा गरेपनि केन्द्र र प्रदेशको असमझदारी हटेको छैन । प्रदेशमा आवश्यक जनशक्ति र पुर्वाधार जुटाउन केन्द्रले खासै वास्ता दिएको पाइदैँन । जस्ले गर्दा नागरिकहरुमा सन्देश प्रकट भएको छ । सरकारले तीनै तहलाई मिलाएर अघि बढ्न धेरै समय खर्चिसकेको अवसर छ । तर पनि मुर्तरुप पाउन सकिरहेको छैन ।

 

 

प्रदेशको अवधारणाले मूर्तरुप लिएपछि निश्चय नै केहि क्षेत्रमा राम्रो प्रभाव परेको स्विकार्नै पर्छ । केन्द्र, प्रदेश र स्थानीय तहको करको बोझ एकै पटक आएपछि त्यसको दोष प्रदेश माथि पर्न गएको छ । प्रदेशले आफूलाई चाहिने कर्मचारी लगायतका अधिकार प्रत्याजोन नगरेको गुनासो छ भने केन्द्रले त्यसमा प्रयास गरिरहेपनि धेरै समय लगाएको अवस्था छ जस्ले गर्दा असमझदारी बढ्दै गएको छ । अतः संघीयतालाई बलियो बनाउन पनि तीनै तहबिचको असमझदारी र अभावको अन्त्य गर्न सम्बन्धित सबै पक्ष अग्रसर हुनुपर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top