डेब्यूमै सन्दीपको घातक बलिङ

सिन्धुली साैगात संवाददाता २०७५ पुस २२ गते आइतवार काठमाडौं

 

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ डेब्यूमै घातक बलिङ गरेका छन् । सन्दीपले सिलहेट सिक्सर्सबाट कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

 

 

सन्दीपलाई कप्तान डेविड वार्नरले ८ औं ओभरमा बलिङ गर्न लिएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र ५ रन सिंगलका रुपमा खर्चिए । जस्मा स्टिभ स्मिथले ३ र तामिम इकवालले २ पटक एक एक रन बटुले ।

 

सन्दीपले दोस्रो स्पेलमा १० ओभरमा ३ रनमा खर्चिए । तीनै रन एक एक गरि खर्चिए । १३ औं ओभरको अन्तिम बलमा सोएव मालिकलाई सविर रहमानको हातबाट क्याच गराउदै डेब्यू पहिलो विकेट लिए । मालिक १३ रनमा आउट हुँदा सन्दीपले यस ओभरमा ७ रन खर्चे । आफ्नो अन्तिम स्पेलका रुपमा १५ ओभरमा बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमा अनमुल हकलाई ५ रनमा बोल्ड गर्दिए ।

 

यस ओभरमा सन्दीपले मात्र २ रन दिँदै आफ्नो स्पेश सकाए । सन्दीपले २४ बल मध्य १२ बल त डट नै गराएका थिए । कोमिल्ला १५ ओभरमा ८४ रन जोड्न ५ विकेट गुमाएको छ ।

 

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो ।

यो पनि पढौँः जन्म दिनमा चकलेट बाड्न निषेध

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top