पूर्व एआईजी तथा नयाँ शक्तिका नेता भट्टराई भ्रष्टाचारी ठहर, ९ महिना कैद

सिन्धुली साैगात संवाददाता २०७५ पुस १९ गते बिहीवार काठमाडौं

rishav-dev-bhattarai
 

विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व एआईजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचारी ठहर गरेको छ । भट्टराईले पदमा रहँदा १ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको अवैध (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको ठहर गरी अदालतले उनलाई ९ महिना कैद, ७९ लाख ८७ हजार २ सय २५ बिगो र त्यस बराबर जरिवानाको फैसला गरेको छ ।

 

न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको सयुक्त इजलासले उनलाई बिहिबार अदालतले दोषी ठहर गरेको हो ।

 

भट्टराई नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता पनि हुन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top