अनौठो विवाह ! बेहुलि बुलेटमा, जन्ती लिएर पुगिन् बेहुलाको घर (भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७५ पुस १९ गते बिहीवार काठमाडौं

pune-marriage
 

विवाहमा बेहुलाले जन्ती लिएर बेहुली लिन जानु सामान्य हो । तर, भारतको पुणेको एक गाउँमा जन्ती लिएर बेहुलाको घरमा बेहुलि पुगिन्, त्यहि पनि बुलेट बाइकमा । बुधबार दिउँसो ३ बजे भएको विवाह कार्यक्रम अहिले भारतमा भाइरल भएको छ । कारहरुको लस्कर लगाएर बुलेट बाइकमा सवारी गरि बेहुली बेहुलाको घर पुगेकि थिइन् । दौँड तहसीलको केडगाँवकी कोमल देशमुखले बेहुलाको घरमा सजाइएको मंडपमा विवाह पनि गरिन् ।

 

pune-marriage-1

 

 

विवाहको भेषमा सिँगारिएर बुलेटमा निक्लेपछि सबैजना हेरेको हेरै भएका थिए । दर्शकहरुले फिल्मको शुटिंग भनिरहेका थिए । चम्किलो बुलेटमा बसेर कोमल रातो लुगामा कालो चश्मा सहित बुलेटमा बेहुलाको घर पुगेकि थिइन् ।

 

pune-marriage-3

 

पछि कोमलको बुवाले बुलेट छोरीलाई विवाहमा गिफ्ट दिएका थिए । किसान बुवाका अनुसार छोरीले बुलेट बाईकमा बेहुलाको घर जाने इच्छा गरेपछि ससुराली पक्षसँग सोध्दा स्विकारेपछि बाइकमा यात्रा गरेको बताए । बेहुली बुलेटमा आइरहदा बेहुला पक्ष भने मंडपको निर्माणमा जुटेका थिए । जन्ती नाच्दै विवाह मण्डपमा पुगेको थियो भने कोमल र जन्तीलाई बेहुला पक्षले भव्य स्वागत गरेका थिए ।

 

बेहुलीले यसो गर्नुको पछाडी समाजमा पुरुष र महिला सबै कुरामा कम छैनन् र जन्ति लिएर जानु पुरुषको मात्र कपीराइट होइन भन्ने सन्देश रहेको बताइन् ।

 

हेरौ भिडियोः

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top