महोत्सवमा रक्सीको व्यापक प्रवद्र्धन, सहि कि गलत ?

सगुन रायमाझी २०७५ पुस १९ गते बिहीवार सिन्धुली

sindhuli-mahotsav
 

कृषि, पर्यटन, जलश्रोत, उद्योग क्षेत्रको विकास, समृद्ध ३ नं प्रदेश निर्माणको आधार भन्ने नाराका साथ शुरु भएको प्रादेशिक महोत्सव–२०७५ सिन्धुलीको प्रायोजकमा थुप्रै रक्सीका ब्राण्डहरु छन् । महोत्सवको आयोजनाकालागि आर्थिक श्रोतको मुख्य श्रोत भनेकै विज्ञापन हो । विज्ञापनकालागि विभिन्न ब्राण्डहरुले चर्को मुल्य तिरेर प्रायोजन गर्छन् । प्रायोजकले जतिनै आर्थिक सहयोग गरेपनि विज्ञापनको निश्चित मापदण्ड हुन्छ, सरकारको छुट्टै प्रावधान हुन्छ । सिन्धुलीमा संचालन भइरहेको महोत्सवमा भने रक्सीको व्यापक प्रवद्र्धन भएकोमा स्थानियले गुनासो गरेका छन् ।

 

drinks-sindhuli

 

राष्ट्रिय स्तरका कलाकारले प्रस्तुति दिइरहदा संचालकले अनावश्यक रक्सीको बोतल समात्दै विज्ञापन गरेको पटक्कै नसुहाएको कनपा–६, रातमाटाका योगेश थापाले बताए । उनले भने, ‘प्रायोजक भन्दैमा आयोजकले रक्सीकै ब्राण्डलाई बढि प्राथमिकता दिनु अस्वभनिय छ ।’ गत असोजमा मात्रै जारी भएको जनस्वास्थ्य सेवा ऐनको बर्खिलाप सिन्धुली महोत्सवका आयोजक मदिरा कम्पनीको प्रायोजनमा लागेका छन् ।

 

sindhuli-mahotsav

 

जनस्वास्थ्य सेवा ऐन २०७५ राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज २ गते प्रमाणीकरण गरेकी थिइन् । ऐनको दफा ४५ को १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण, तथा प्रचारप्रसार गर्न पाइने छैन भन्ने उल्लेख छ । मदिरा कम्पनीको विज्ञापनमा संचालकले बढि समय खर्चिनु र आयोजकले पनि निरन्तरको विरोध हुँदा पनि स्टेजमै मदिराका बोतल राखेर प्रायोजकलाई खुशी पार्न खोज्नु लज्जास्पद हो ।

 

sindhuli-mahotsav-3

 

महोत्सवमा रक्सी हातमा बोक्दै कार्यक्रम संचालकले रक्सीको गुनगान गाएको देख्दा कनपा–८ माइस्थानका सम्पुर्ण थापाले दिक्क मान्दै भने ‘अरु प्रायोजक पनि छन्, रक्सीलाई नै प्राथमिकता दिनु अनावश्यक हो ।’ उनलाई आयोजकले अनावश्यक रुपमा स्टेजको छेउकुनामा रक्सीका बोतल राखेर विज्ञापन गरेकोे पनि मन परेको छैन । उनले भने, ‘आर्थिक सहयोग मिल्छ, ठिक हो । तर, यतिका प्रचारबाजि ठिक छैन ।’

 

sindhuli-mahotsav-drawbacks

 

सोमबार महोत्सव घुम्न आएका कनपा–५ मधुटारकि अंजना मगरको गुनासो पनि त्यस्तै छ । उनले आयोजकले लक्षित अवलोकन कर्तामा स्कुल, क्याम्पसका विद्यार्थीहरुलाई पनि राखेको तर रक्सीको विषयमा बारम्बार ठट्यौलि शैलिमा विज्ञापन गर्दा विद्यार्थीमा नकारात्मक असर पर्ने बताइन् ।

 

समग्रमा, महोत्सवका थुप्रै सकारात्मक पक्षहरु रहेपनि आयोजक उद्योग वाणिज्य संघ र कमलामाई` नगरपालिकाले नकारात्मक पक्षलाई नजरअन्दाज गर्दै आएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top