रबिन्द्र अधिकारीमाथि खनिए फेसबुककर्ता

सिन्धुली साैगात संवाददाता २०७५ पुस १८ गते बुधवार काठमाडौं

rabindra-adhikari
 

संसदको सार्वजनिक लेखा समितिको उपसमितिले नेपाल वायु सेवा निगमले किनेका दुइटा एयरबसमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको प्रतिवेदन बनाएको छ।

 

कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसिमितिको प्रतिवेदनमा विमान खरिदका विभिन्न चरणमा विभिन्न व्यक्तिको संलग्नतामा भ्रष्टाचार भएको उल्लेख गरिएको छ।

 

प्रतिवेदनमा यो भ्रष्टाचारमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी पनि संलग्न भएको उल्लेख गरिएको छ। त्यस्तै, दुई पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र जीवनबहादुर शाही पनि नैतिक रूपमा दोषी भएको उपसमितिको ठहर छ।

 

केही समयअघि एक अन्तर्वार्तामा अधिकारीले वाइड बडी विमान भ्रष्टाचारमा आफ्नो संलग्नता देखिए राजनीतिबाट सन्यास दिने बताएका थिए।

 

मन्त्री अधिकारीसमेत संलग्न रहेको प्रतिवेदनले बताएसँगै उनको समाजिक संजाल फेसबुकमा व्यापक विरोध भएको छ । उनले पुष १७ गते शेयर गरेको पोष्टमा डेढ सय बढि कमेन्ट आएका छन् जस्मा अधिकांशले वाइड बडि प्रकरणमा मुसिएका अधिकारीको विरोध गरेका छन् । फेसबुकमा कमेन्ट गर्दै अशन अन्सारीले अधिकारीले फेसबुकमै अनलाईनखबरमा आफ्नो संलग्न रहे राजनीतिबाटै सन्यास लिन्छु भनेको पोष्ट हाल्दै प्रमाणित भयो खै त तपाइको वचन भन्दै प्रश्न गरेका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top