बिग ब्याशमा सन्दीपले खेलेका चारै खेलका कप्तानसहित ८ विकेट

सिन्धुली साैगात संवाददाता २०७५ पुस १७ गते मंगलवार काठमाडौं

 

नेपाली युवा स्टार खेलाडी सन्दीप लामिछानेले बिग ब्याशको चौथो खेलमा एक विकेट लिएपछि समग्रमा विकेट स‌ंख्या ८ पुर्याएका छन् ।

 

 

उनले चारै खेलमा लगातार चार वटा कप्तानको विकेट लिन सफल भए । मेलबर्न मैदानमा भएको डर्बी खेलमा सन्दीपकाे शिकार विपक्षी कप्तान टम कूपर बने । सन्दीपले उनलाई १० रनमा बोल्ड आउट गरे ।

 

उनले कप्तानलाई पेभेलियनको बाटो देखाएको यो पहिलो पटक भने होइन । सन्दीपले बिग ब्याशको डेब्यु खेलमा सिड्नी थन्डर्सका कप्तान शेन वाट्सनलाई आउट गरेका थिए । विस्फोटक खेलाडी वाट्सनलाई सन्दीपले २२ रनमा पेभेलियनको बाटो देखाएका थिए ।

 

त्यस खेलमा सन्दीपले कूल दुई विकेट हात पारे । त्यसपछि लिगमा मेलबर्नको दोस्रो खेलमा सन्दिपले होबर्ट हरिकन्सका कप्तान म्याथ्यु वेडको विकेट हात पारे ।। यो खेलमा सन्दीपले कूल तीन विकेट लिन सफल भए ।

 

त्यसपछि लिगको दशौं तथा सिड्नी सिक्सर्सविरुद्धको खेलमा पनि सन्दीपले टिमका कप्तान मोजेस हेनरिक्सलाई व्यक्तिगत नौ रनमा पेभेलियनको बाटो देखाए । यो खेलमा पनि सन्दीपले दुई विकेट लिए ।

 

लिगकाे चौथो खेलमा सन्दीपले पहिलो ओभरमा ११ रन दिए । जसमा दुई चौका भएको थियो । तर दोस्रो ओभरमा सन्दीपले विकेट लिन सफल भए । उनले दोस्रो ओभरमा मात्र चार रन दिएर कप्तान टम कूपरको विकेट लिएका हुन् । उनले कूपरलाई व्यक्तिगत १० रनमा आउट गरे ।

 

उनले आफ्नो व्यक्तिगत तेस्रो ओभरमा अरु सात रन दिए । चौथो तथा अन्तिम ओभरमा भने उनले नौ रन दिए ।

 

आजकाे खेलमा मेलबर्न रेनिगेड्सले ९ विकेट गुमाउँदै १४८ रन बनाएकाे थियाे । १४९ रनकाे लक्ष्य लिएर जवाफी ब्याटिङ गरेकाे सन्दीपकाे टिम मेलबर्न स्टार्सले मार्कस स्टाेइनिसकाे अविजित ७८ रनकाे मदतले १७ ओभर ५ बलमै लक्ष्य पार गरेकाे थियाे ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top