सिन्धुलीमाढीमा सुविधा सम्पन्न रेष्टुरेन्ट सञ्चालन

सिन्धुली साैगात संवाददाता २०७५ पुस ७ गते शनिवार सिन्धुली

 

सिन्धुलीगढी होटल प्रा.लि.ले सिन्धुलीमाढीमा शविार बाट सुविधा सम्पन्न रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

 

कमलामाई नगरपालीका ६, २ नं बजारमा राष्ट्रिय बाणिज्य बैंकको तल्लो तलामा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको रेष्टुरेन्टमा एसि , ओपन भान्सा लगाएत उत्कृष्ट सर्भिसका साथ रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको रेष्टुरेन्टका प्रोपाईटर इच्छाबहादुर श्रेष्ठले जानकारी दिए ।

 

 

कुल १५ लाखको लागतमा सञ्चालन गरिएको रेष्टुरेण्ठ सिन्धुली जिल्लाको लागि नमुना भएको उनको भनाई छ । यस रेष्टुरेन्टमा चिया, कफि, मःम, चाउमिन, थुक्पा, खाना तथा खाजा सेट, सेकुवा, सुकुटी, चिकेन रोष्ट, साँधेको सुकुटि, लस्सी, स्न्याक्स लगाएत अन्य स्वादिष्ट परिकारहरु पाइने उनले बताए ।

 

सेवाग्राहीको स्वास्थ्यको चिन्ता आफुमा रहेकाले स्वस्छ, सफा खाना तथा खाजाका परिकारहरु उपलब्ध गराईने सञ्चालक श्रेष्ठको दावि छ । सेवाग्राहीको स्वाद, स्वास्थ्य र सन्तुष्टिलाई सदैव कायम राख्ने भएकाले पारिवारिक बातावरणमा सवैले सहजै खाना तथा खाजाहरु खान सक्ने उनको भनाई छ ।

 

सिन्धुली जिल्लामा सुविधि सम्पन्न रेष्टुरेन्ट खुल्ने क्रम जारि भएपनि सिन्धुलीगढी होटल एण्ड रेष्टुरेन्ट पृथक रहेको सेवाग्राहिहरुले प्रतिक्रिया दिएका छन् । ठुलो लगानीमा खोलिएकाले यसबाट निरन्तर ब्यबसायि बन्न रेष्टुरेन्ट सञ्चालकले सदैव स्वच्छ, सफा तथा स्वास्थ्यलाई असर नपर्ने परिकारहरु सेवाग्राहिला प्रदान गर्नेमा अपेक्षा गरेका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top