नेकपाभित्रको ‘एमाले’ भिडाएर ‘माओवादी’ जति रमिते

सिन्धुली साैगात संवाददाता २०७५ पुस ७ गते शनिवार काठमाडौं

 

जब बामदेव गौतमले स्थायी कमिटीको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका एकल अध्यक्षात्मक प्रणालीका लागि लिखित प्रस्ताव प्रस्तुत गर्न थाले, अध्यक्ष केपी शर्मा ओली पक्षधरबाहेकले ‘चुँ’ पनि बोलेनन् । गौतमको प्रष्ट प्रस्ताव थियो,‘पार्टीको जिम्मा पुष्पकमल दाहाल प्रचण्डलाई मात्र दिनुपर्छ ।’

 

तत्कालिन एमालेको महाधिवेशनका बेला ओलीलाई सघाएका गौतमको यो प्रस्तावविरुद्ध प्रचण्ड र उनका पक्षधरले बोल्ने कुरै भएन । तर, स्थायी कमिटीमा रहेका तत्कालिन एमालेका वरिष्ठहरू पनि मौन बसे । एक नेता भन्छन्,‘सबैका मनमा कि अध्यक्ष कि प्रधानमन्त्री बन्छु भन्ने महत्वकांक्षाको ललिपपले काम गरिरहेको थियो ।’

स्थायी कमिटी बैठकमा विचारभित्र मत विभेद कायम छ । संगठनात्मक संरचनाको विषयमा त अझ ठूलो लडाई नै सुरु भएको छ । यो समस्यामा प्रचण्डको रणनीतिक चातुर्यताले काम गरेको छ । पार्टी एकीकरणपछि गुट अदलबदल भए पनि त्यसको प्रभाव पूर्वएमालेमा मात्र देखिएको छ, पूर्वमाओवादी भने एक ढिक्का छ ।

 

‘माओवादी कुनै पनि हिसाबमा प्रचण्डलाई सुप्रिम पदमा देख्न चहान्छन् । त्यसकारण उनले खेलाएको पूर्वएमालेभित्र अन्तर विरोध कायम गरेर रमिते बढाएका छन्’, स्रोतले भन्यो ।

 

त्यसो त एमालेभित्र आजदेखिको यो अन्तरविरोध कायम गरिएको थिएन । एकीकरण भएका दिनदेखि नै कायम थियो । त्यसबेला ओली –प्रचण्डको घाँटी जोडिएको आलो समय थियो । तर, जति–जति समयले कोल्टे फेरिरहेको छ, ओली त्यति कमजोर बनाउने खेलले पनि तिव्रता पाएको बुझाई कम्युनिस्टहरूले पनि बुझेका छन् ।

 

यसको तिव्र प्रभाव सचिवालयको बैठक बालुवाटारमा डाकेका दिन ओली र प्रचण्ड ढिलो पुग्ने विषयसँग जोडिन्छ । खासगरी, प्रचण्डले नै पूर्वमाओवादीका एक जना सहिदको कार्यक्रममा ओलीलाई जान बाध्य पारेका थिए, जसका कारण बालुवाटारमा आउन ढिला भयो । त्यहि मौकालाई पूर्वएमाले भिड्ने भिडाउने सुपथ अवसर मिल्यो, प्रचण्डका लागि ।

 

बालुवाटारबाट बैठक छाडेर हिँड्नेमा पनि एमालेका नेता धेरै थिए । खासगरी ओलीइतरका माधवकुमार नेपाल, झलनाथ खनालले बैठक छाड्नुले तात्विक अर्थ राख्दैन थियो । त्यो भन्दा पनि उग्र बनिदिए बामदेव गौतम र नारायणकाजी श्रेष्ठ । त्यसको रमिते प्रचण्ड बनिसकेका छन् । र, स्थायी कमिटीमा रहेका पूर्व माओवादीहरू पनि । बालुवाटार स्रोतले भन्यो,‘अहिले आफ्नाले नै ओलीलाई घेराबन्दीमा पारेका छन् । एकता प्रक्रिया दाँतमा ढुंगो लागे जस्तो पनि देखिन्छ । यसको व्यवस्थापनमा निक्कै कठिनाई छ ।’

 

कतिपय पूर्व एमाले कार्यकर्ताले माओवादीसँगको एकीकरणलाई समुद्रमा खोला नभई, खोलाले समुद्रलाई निलेको टिप्पणी पनि गर्न थालेका छन् । र, यसको दोष ओलीलाई नै दिन थालेका छन् । ‘अहिले उहाँ आफैं कमजोर बन्न थाल्नु भएको छ, यसको कारक पनि उहाँ नै हो । माओवादीसँग गठजोडसम्म ठिक थियो । तर, स्थिरता चाहने उहाँको सोचले आफ्नै राजनीतिमात्र होइन, १० औं लाख कार्यकर्ताको राजनीतिक जीवन पनि अस्थिरतामा धकेलिएको छ ।’

 

ओलीलाई कमजोर बनाउन छिमेकी मुलुक भारतको कुटनीतिक प्रभावले पनि काम गरेको छ । भारतीय संस्थापन ओलीलाई नेतृत्वबाट हटाएर प्रचण्डलाई सर्वोच्च जिम्मेवारीमा राख्न चहान्छ । भारतीय गुप्तचर विभागका कर्मचारी र नरेन्द्र मोदी प्रशासनले ओली सरकारको समर्थन फिर्ता लिई, प्रचण्डले त्यसबेला तिरेको गुणको बदला गुण तिर्नका लागि पूर्वएमाले भित्रका अन्य नेतालाई पनि प्रचण्डलाई नै सघाउन प्रत्यक्ष र परोक्ष दबाब दिइरहेको स्रोतले बतायो ।

 

यता, ओलीले विश्वास गरेको सचिवालयका मुख्य व्यक्तिको चरित्र र दम्भले पनि उनको सम्बन्धको सामन्जस्य बनिरहेको छैन । राजनीतिक सल्लाहकार विष्णु रिमालको भुमिका अगाडी बचाऊ गर्ने र पछाडी ओलीको राजनीतिक चरित्रलाई कमजोर बनाउने जस्तो देखिएको बालुवाटार स्रोतले जनायो ।री भलिबल प्रतियोगिताको उपाधि सहित २५ हजार हजार रुपैयाँ शंखरेश्वर मावि जखनी लाई

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top