विद्यार्थी बोकेको बस दुर्घटना, ९ जनाको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७५ पुस ६ गते शुक्रवार दाङ

 

 

दाङमा आज बेलुका भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी ८ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

९ जनाको शब फेला परेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन्। उक्त बसमा दाङ देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयका बिद्यार्थीहरु सवार थिए। विद्यार्थीहरु सल्यानको मुलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top