श्रीमतीको इच्छा विपरित यौनसम्पर्क गर्ने श्रीमानलाई कैद

सिन्धुली साैगात संवाददाता २०७५ पुस ५ गते बिहीवार काठमाडौं

 

श्रीमतीको इच्छा विपरित यौनसम्पर्क गर्ने श्रीमानलाई जिल्ला अदालत कञ्चनपुरले डेढ वर्ष कैद र १० लाख रुपैया क्षतिपूर्ती दिलाउने फैसला गरेको छ।

 

 

भीमदत्त नगरपालिका वडा नम्बर २ की मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी विरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा फैसला गर्दै अदालतले यस्तो सजाय सुनाएको हो। न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले श्रीमानलाई डेढ वर्ष थुना र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका नायव सुब्बा दानबहादुर सुनारले बताए।

 

यसअघि श्रीमान डम्बरले इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै उजुरी परेपछि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा राख्न भनेको थियो। उनीहरुबीच प्रेम विवाह भएकाे जनाएकाे छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top