पुष १ : महेन्द्रको कदम कसका विरुद्ध ?

भरत दाहाल २०७५ पुस १ गते आइतवार

Bharat Dhala
 

१. २००७ सालमा कांग्रेस सरकारमा आयो र प्राथमिक महत्वका साथ मन्त्रिपरिषदको बैठकमा इण्डियन राजदूतको उपस्थिति अनिवार्य गर्ने, त्रिभूवनको सल्लाहकारमा इण्डियन राख्ने र नेपाल पसेका सबै इण्डियनहरुलाई नागरीकता दिने कुकर्म गर्यो।

 

२. ०१५ सालमा कांग्रेसले दुईतिहाई बहुमत ल्याएपछि देशभरी नै विपक्षि दलका मानिसहरुमाथि मचाएको लुटपाट र आक्रमण इतिहास प्रसिद्ध छ।

 

३. २०४७ पछि नेपालको अर्थतन्त्र कसरी लुटियो, कत्राकत्रा भ्रष्टाचारका काण्डहरु भए र नदिनाला कसरी इण्डियनहरुलाई बेच्ने होडबाजि चल्यो भन्ने तथ्य वर्णण गरिरहनु पर्दैन।

 

४. नेपालको सार्वभौम अस्तित्वलाई नामेट पार्न कुनै पनि षडयन्त्र गर्न बाँकि नराखेको र ३ पटक नाकाबन्दि लगाएको दिल्ली सत्ताका काखमा सुतेर माओवादीले नेपाल विरुद्ध के गर्यो भन्ने कुरा सबैलाई थाहा छ।

 

५. दासढुंगा र महाकाली सन्धि हुँदै मुन तस्कर गिरोहको सम्मेलनसम्म आउँदा एमालेको चेहरा छर्लङ्ग भैसकेको छ। मधेशवादी आवरणका बिहारी ग्याङहरुको चर्चै गर्नु आवश्यक छैन।

 

६. नेपाललार्इ यिनीहरूले कहाँ पुर्याए भन्ने तथ्य बुझ्न अाजकाे देश हेरे पुग्छ।

 

नेपालमा दलियताको सुरुवात नेपाल विरोधि मिशनसंग अभिन्न रुपमा जोडिएर आएको छ। यसको नेपाली जग, नेपाली स्कूलिङ र आफ्नोपन छैन। २०१७ साल पुष १ गते महेन्द्रले जे खोसे भनिन्छ, त्यो यीनै अपराधिहरुको विदेश भक्ति र स्वेच्छाचारिता खोसिएकाे हो, नेपाली नागरीकहरुको मताधिकार, बोल्ने अधिकार र छाकबास खोसिएको थिएन। कुनै विदेशी ग्याङलाई संगठित हुन नदिनु वा तिनीहरुको अधिकार खोस्नुलाई जनताको अधिकार खोसेको भनिंदैन, दल खाेल्ने अधिकार प्रजातन्त्रकाे पर्याय पनि हाेर्इन। महेन्द्र यीनीहरुको आततायि चरित्रलाई बुझेर नै पुष १ को कमद चालेका थिए।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top