विद्यार्थीको भविष्यमाथी खेलबाड !

सम्पादकीय २०७५ मंसिर २५ गते मंगलवार सिन्धुली

 

विद्यार्थी भविष्यका कर्णधार हुन् । कुनै पनि देशको समृद्धि र विकास शिक्षासँग जोडिन्छ । त्यसैले पनि विकसित राष्ट्रहरुमा शिक्षालाई विशेष प्राथमिकता दिएर विभिन्न योजनाहरु बनाइन्छ र कार्यान्वयन गरिन्छ । नेपालमा हेर्ने हो भने शिक्षा क्षेत्रको विकास कछुवा गतिमा भइरहेको छ । निजी विद्यालयहरु धमाधम संचालनमा आउँदा पनि विद्यार्थीहरुले गुणस्तरिय शिक्षा पाउन सकिरहेका छैनन् । त्यसैगरि, विभिन्न समयमा सरकारी पक्षको कमिकमजोरिका कारण विद्यार्थीको भविष्यमाथि नै प्रश्न उठेको छ । परिक्षा बोर्डको लापर्वाहीका कारण विद्यार्थीहरु आफ्नो परिक्षा नतिजामै विश्वसस्त हुन सकिरहेका छैनन् । कक्षा ११ विज्ञान समूहबाट परीक्षा दिने गण्डकी प्रदेशका २ हजार ७ सयभन्दा बढी विद्यार्थीहरुले परिक्षा बोर्डको नतिजा प्रकाशनप्रति आक्रोश पोखिरहेको घट्नाले पनि देशको शिक्षा व्यवस्थाको अवस्थालाई छर्लंग देखाउँछ । परिक्षा नतिजामा देखिएको कमजोरिका कारण कपि जाँच प्रक्रियाप्रति नै प्रश्न उठेको छ । हजारौँ विद्यार्थीहरु आन्दोलित भएको अवस्थामा सम्बन्धित निकायले यथाशिघ्र छिटो निर्णय लिन जरुरी छ । गण्डकि प्रदेशको यो घट्ना त एउटा उदाहरणमात्र हो । शिक्षा क्षेत्रमा देखिएको विकृतिका कारण भविष्यमा देशले कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने गम्भिर प्रश्न उब्जिएको छ ।

 

 

विगतमा एसइई परिक्षाको नतिजामा पनि यस्तै लापर्वाही देखिएको थियो । जसका कारण विद्यार्थीहरु निराश बनेका थिए भने परिक्षा नतिजाले दुर्घट्ना पनि निम्ताएको थियो । यस्ता घट्नाले विद्यार्थीहरुमा मानसिक यातना पनि थपिदिएको छ । शिक्षा क्षेत्रको बृह्त विकासका खोक्रा आश्वासन बाढ्ने भन्दा पनि सम्बन्धित निकायले शिक्षा व्यवस्थामा देखिएको कमिकमजोरिलाई सच्याउन जरुरी छ । अतः जिम्मेवार निकायले विद्यार्थीको भविष्यलाई ख्यालमा राखेर यस्ता गल्तिहरु आगामी दिनमा दोहोराउनुहुदैँन र शिक्षा क्षेत्रमा देखिएका कमिकमजोरिलाई सुधार्न महत्वपुर्ण भुमिका खेल्न आवश्यक छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top