तस्बिरमा पुरानो नेपाल (हेरौँ २६ तस्बिर)

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २३ गते आइतवार काठमाडौं

nepal-history
 

राजा वीरेन्द्र पनि हिप्पी थिए । उनी हिप्पीजस्तै गरेर त हिंडेनन् । तर हिप्पी विचारधाराका थिए । मनले राजा हिप्पी थिए ।

 

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।

 

मार्क लेच्टी भन्थे । नेपाल विशेषज्ञ उनको निचोड थियो, वीरेन्द्र बेलायत पढेर फर्केका थिए । त्यसैले उदार थिए । उनमा हिप्पी प्रभाव पक्कै थियो । राजा वीरेन्द्र उदार थिए वा थिएनन् ? त्यो बेग्लै बहसको विषय हो । तर, सन् सत्तरीतिर नेपालचाहिँ हिप्पीहरूप्रति उदार थियो । अरूतिर हिप्पी भनेपछि कडीकडाउ हुन्थ्यो । हिप्पीहरू भन्थे, नेपाल त स्वर्ग पो हो ।

 

 

tv-nepal

काठमाडौँमा १९८० को बेला टेलिभिजन बोक्दै युवाहरु

 

त्यो समय नेपाल हिप्पीहरूका लागि साँच्चै एउटा ठूलो गन्तव्य बनेको थियो । नेपालमा हिप्पीहरूको सुरुवाती केन्द्र थियो, वसन्तपुर । एक किसिमले भन्ने हो भने काठमाडौं दरबार स्क्वायर । अझ भनौं, झ्वछेँ । झ्वछेँले नामै पाएको थियो, फ्रिक स्ट्रिट । अर्थात त्यहाँ जत्ति पनि फ्रिक हुन पाइन्छ । के सम्म भनिन्छ भने विदेशतिर एक समय नेपाल नचिन्ने धेरै थिए, तर फ्रिक स्ट्रिट भनेपछि धेरैको कान ठाडो हुन्थ्यो । झ्वछेँतिरै हुर्केका साथी सुनीललाई फ्रिक स्ट्रिट नाम मन पर्दैन । उनलाई लाग्छ, यो बदनाम हो ।

 

 

ashan-chowk

असन चोक स्थित अन्नपुर्ण मन्दिर

 

धेरैका लागि अझै झ्वछेँ नाम राम्रोसँग उच्चारण गर्नै गाह्रो हुन्छ । तर फ्रिक स्ट्रिट, सबैको मुखैमा झुन्डिन्छ । यसैको छेउमै छ, नवआदर्श स्कुल । हाम्रो पुस्ताका धेरैले त्यहीं पढे, एकैपल्ट कक्षा १ बाट । स्कुलसँगै कुमारी घर थियो । त्यही घरका सबै बच्चा टाढाको स्कुल किन जान्थे र त्यहीं पढे । त्यति बेला कुमारीलाई लिएर अचम्म अचम्मका कथा सुन्न पाइन्थ्यो । जति बेला त्यहाँ पढियो, हिप्पी समय समाप्त भइसकेको थियो, तर अवशेष भने अझै केही केही बाँकी थियो ।

 

 

baby-rajesh-hamal

राजेश हमाल सानोको बेला परिवारसँग ।

 

त्यतिबेला काठमाडौं ड्रग्स खाने सहर बनेको थियो । विश्वास नहुन सक्छ, स्कुल छेउ विदेशीहरू मज्जाले स्माय्क तानिरहेका हुन्थे । स्कुलका बच्चाबाट घेरिएर उनीहरू आफ्नै संसारमा हुन्थे । उनीहरूको मुखभित्र सिक्का हुन्थ्यो, बाहिर चुरोट आकारमा नोट । एक हातमा हुन्थ्यो, आगो । अनि अर्को हातमा त्यही स्माय्क रहेको चुरोटको पातलो खोल । कि हेरोइन ? बच्चाहरू हिरोइन भन्थे, नजानेर ।

 

 

baikuntha-manandhar

 

दक्षिण एसिया म्यारथन रेकर्ड होल्डर र ३ पटकको गोल्ड मेडलिस्ट बैकुण्ठ मानन्धर ।

 

हाम्रो घर वसन्तपुर नजिककै मखनमा थियो । यता पनि मज्जाले ड्रग्स लिनेहरू उत्तिकै हुन्थे । सबै उनीहरूप्रति उत्सुक हुन्थे । तर सबैका लागि यो सामान्य थियो, मानौं केही भइरहेकै छैन । बिस्तारै यतातिरकै युवाले पनि यस्तै सिके । केहीले ड्रग्स पनि बेच्थे । त्यो पनि कति सामान्य थियो भने छिमेकीमै ड्रग्स बेचिन्थ्यो । अरूलाई लाग्थ्यो, मानौं त्यहाँ खानेकुरा बेच्ने काम भइरहेको छ ।
अहिले त्यस्ता धेरै परिवार यतातिर छन्, जसका कोही सदस्य ड्रग्स खाएर बितेका थिए । अथवा अहिले त्यसले दिएको दु:खका कथा बोकेर बाँचेका छन् । पत्रकार सुरेश किरणका एक दाजु पनि यस्तै कुलतमा फसेका थिए । उनीसँग पनि आफ्ना दाजुलाई लिएर बाक्लै कथा छ । सुरुमा ती दाजुले घरमै ड्रग्स लिंदा परिवारको सदस्यलाई लाग्थ्यो, यसले केही नयाँ सिकेर आएको होला, त्यही गरिरहेको छ ।

 

 

bouddha-stupa

 

बौद्धस्तुपा र वरपरको दृश्य (१९६७)

 

धेरैपछि भने यसमा कडीकडाउ हुन थाल्यो । सजिलै ड्रग्स पाइन छोड्यो । त्यसपछिका कथा झन् अविश्वसनीय छन् । यस्तै ड्रग्स लिनमा थिए, चेसका एक धेरै राम्रो खेलाडी । ड्रग्सकै लागि पनि चेसमा बाजी थापेर खेल्थे । पछि ड्रग्स पाउन छाडेपछि उनले माउसुली पनि खाए रे उनले यस्तो गरेको देख्ने अझै छन् र सुनाउँछन्, ती खेलाडी माउसुली गजबले समात्थे र खानुअगाडि मैनबत्तीमा पोल्थे ।

 

civil-war-nepal

१० वर्षे जनयुद्धको बेला भुमिगत प्रचण्ड, बाबुरामा र हिसिला ।

 

स्कुलमै छँदा केही साथी इन्द्रजात्राका बेला खुबै व्यस्त हुन्थे । त्यस बेला स्कुलको छेउमै दस अवतार देखाइन्थ्यो । केही साथीहरू त्यसैमा देवता भएर खेल्थे । उनीहरूका लागि यो राम्रो कमाइको स्रोत हुन्थ्यो । अरुका लागि भने ईश्र्याको विषय । स्कुले विद्यार्थीका लागि काठमाडौं दरबार स्क्वायरका जति पनि देवल र मन्दिर छन्, ती सबै मस्तले खेल्ने ठाउँ हुन्थ्यो । कुनै रोकतोक थिएन ।
काष्ठमण्डपलाई आपसी झगडाको अखडा बनाइएन कि, कुमारी घरमा लुकामारी खेलिएन ? माजु देवलमा चढिएन कि महादेव पार्वतीअगाडि फुटबल खेलिएन ? मखनतिरका केटाहरूका लागि हनुमान ढोकाअगाडिको भाग साइकल सिक्ने मज्जाको ठाउँ थियो । साना साना बच्चाहरू विदेशीलाई जिस्क्याउने खेल खेल्थे ।

 

dharara-nepal

१९३४ को भुकम्पपपछि धरहराको मर्मत हुदैँ ।

 

एउटा मन्दिरको नामै हिप्पी मन्दिर थियो । देवल मन्दिरहरूमा यौन आसनमा रहेका मूर्ति टुँडालमा जताततै छन् । स्थानीय केटाहरू फिल्म हेर्न जाने भनेर त्यसलाई हेर्न जान्थे । धेरैले केही बुझ्दैन थिए, यस्तो पनि हुन्छ र भनेर हाँस्थे । तर धेरैका लागि यौनको पहिलो शिक्षा त्यही हुने गथ्र्यो ।
हाम्रैतिर द क्याबिन नामको कफी पसल थियो रे, हामी जान्ने बुझ्नु हुनुभन्दा दस वर्ष पहिले । हामीले सुनेको हो । हदै फोहोर भए पनि हिप्पीलाई त्यसले चुम्बकले जस्तै तान्थ्यो रे । कारण ? यहाँ बिटल्स र रोलिङ स्टोनका गीत खुबै बज्थे । अनि पाइन्थ्यो, चरेस भरिएका केक र चुरोट । गाँजा भरिएको केक तुरुन्त तुरुन्तै बनाइन्थ्यो । पुलिसले केही गर्ला, कानुनी जाल केही होला, केहीको पनि फिटिक्कै चिन्ता थिएन् । त्यो केक सपको भित्तामा लेखिएको थियो, यौन अभ्यास गर, युद्ध नगर । अनि, अर्को थियो, संसारलाई सुन्दर बनाऊ र मस्त होऊ । बिस्तारै होटल र लज खुल्न सुरु भएका थिए । तर ती नाम मात्रकै थिए । घरमै यस्ता होटल र लज बस्ने गर्थे । पछि हिप्पीहरू स्वयम्भूतिर पनि लागे । धेरैपछि बौद्धतिर पनि ।

 

first-hall

काठमाडौँको पहिलो हल ।

 

विश्वास नहुन सक्छ, ती विदेशी हिप्पीहरू लगभग नांगै हुन्थे र खुल्लमखुला यौनक्रीडा गर्थे । हाम्रोभन्दा केही पुस्ता अगाडिका स्कुले विद्यार्थी त्यस्ता दृश्य खुबै हेरे । केही हिप्पीहरू दाबी गर्थे, म एकैपल्ट यतिसँग सुतें, ऊ यतिसँग सुतेको थियो । नेपालीका पसलअगाडि स्पष्ट लेखिएको हुन्थ्यो यहाँ ड्रग्स पाइन्छ । यस्ता काम नेपालको कानुनी दायरामा आएकै थिएन ।

 

ford-showroom-nepal

फर्ड स्वरुम लाजिम्पाट (१९३०)

 

बिस्तारै हिप्पीका क्रियाकलापमा कडाइ हुन थाल्यो । एकपल्टमा नेपाल छिरेपछि १५ दिनमा फर्कनुपर्ने नियम पनि बन्यो । सायद त्यति बेला राजा वीरेन्द्रमाथि पनि दबाब बढ्न थालेको थियो कि ? बिस्तारै विश्वबाटै हिप्पी युग सकिन थाल्यो । तर त्यसले नेपालमा भने धेरै प्रभाव छाडिसकेको थियो ।

 

girija-koirala

गिरिजाप्रसाद कोइराला ।

 

सुरुमा गोरो छालाका मान्छे देख्दा पनि अच्चम मान्ने धेरै थिए । बिस्तारै सबै अभ्यस्त हुन थाले । यो त्यही समय थियो, जति बेला काठमाडौंमा पहिलोपल्ट ड्रग्स र हिप्पी मात्र पसेनन्, अरू धरै छिरे, जस्तो जिन्स पाइन्ट, रेस्टुरेन्ट, क्यासेट, पश्चिमेली संगीत, क्यामरा । र, ती सबैको केन्द्र थियो, उही काठमाडौं दरबार स्क्वायर । त्यसको धेरै धेरैपछि पनि वसन्तपुर क्षेत्र विदेशीका लागि उत्तिकै आकर्षक छ । काठमाडौंका युवा पुस्ताका लागि पनि ।

 

gorkhapatra-nepal

 

गोरखापत्र (१९३३)

 

महाभूकम्प, ०७२ ले सबैभन्दा बढी प्रभावित क्षेत्रमा यही काठमाडौं दरबार स्क्वायर पनि पर्छ । यतै हुर्केका, पढेका धेरैका लागि अहिले यहाँको स्थिति हेर्नु मात्रै पर्छ, मन खुबै रुन्छ । मेरा यस्ता धेरै साथी छन्, जसले भूकम्पका कारण यहाँ भएको क्षति आपैंm हेर्न जाने आँट गर्न सकेका छैनन् । अरूको के कुरा, म आपैंm पनि भूकम्प गएपछि त्यहाँ जान सकेको छैन । टीभीमा त्यताको दृश्य हेरेपछि असाध्यै नोस्टालजिक भइन्छ । हाम्रो धेरै साथी सोध्ने गर्छन्, ती सबै धरोहर कहिले बन्ने होलान् ?

 

hippie-kathmandu

काठमाडौँको एक रेष्टोरेन्टमा भेटिएको मेनु ।

 

हाम्रो टोल मखनलाई हाम्रो भाषामा मखं भनिन्छ, त्यसको अर्थ हो, देखिनँ । विशाल तलेजु तयार हुँदा पनि यहाँका बासिन्दाले यस टोललाई कहिल्यै देखेनछन् । एकैपल्ट देखेपछि दंग परेछन् रे । यो त किंवदन्ती न हो । अहिले सबैको इच्छा छ, त्यसरी नै जादुयी तरिकाले वसन्तपुर दरबार स्क्वायर बने हुन्थ्यो । यस्तो भए, सबै कति खुसी होलान् ? हामी नोस्टालजिक भएका छौं, ती पुराना राम्रो दिन सम्झेर । आखिर हामी त्यसरी नै हुर्के बढेका हौं । अचेलका पुस्ताले त्यस्तो हेर्न र अनुभव गर्न पाउने छैनन् । धेरैका लागि यो हो, वान्स अपटन अ टाइम इन काठमान्डु ।

 

 

log-sewa

१९७५ मा लमजुङमा लोक सेवाको परिक्षा दिदैँ ।

 

 

narayan-gopal

१९९० मा नारायण गोपालको श्रद्धाञ्जलीमा हजारौँ शुभचिन्तक ।

 

nepal-note

राजा महेन्द्रको पालामा एक हजारको नोट ।

 

 

pokhara nepal

पोखरा बजार (१९७२)

 

trade-kathmandu

ठेकी बेच्ने हिँडेका काठमाडौँको व्यपारी ।

 

telephone line nepal

काठमाडौँमा टेलिफोन लाइन विछ्यादैँ । (१९५०/६०)

 

st-xaviers

सेन्ट जेभियर्स स्कुलले परिवहनकालागि प्रयोग गरेको गाढी । (गोदावरी, जावलाखेलः १९६०)

 

car in nepal

पहिलेको ट्याक्सी

 

panchayat-nepal

१९८० को बेला नेपाल बन्दको अवेज्ञा गर्दै ।

 

बौद्धमा तिब्बती शरणार्थी

 

काठमाडौँको यट्खाबहालमा नेवारी भोज ।

काठमाडौँको यट्खाबहालमा नेवारी भोज ।

समाचार साभार: कान्तिपुबाट , तस्बिरः समजिक संजाल

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top